मानव अधिकार दिवस ३ दिन मनाइने

समाधान संवाददाता २०८१ मंसिर २१ गते १९:४९

पोखरा । ७६ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) मूल समारोह समिति गण्डकी प्रदेशले विविध कार्यक्रम गरी मनाउने भएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको अध्यक्षतामा बसेको मूल समारोह समितिको बैठकले ३ दिनसम्म विभिन्न कार्यक्रम गरी सो दिवस मनाउने निर्णय गरेको राष्ट्रिय मानव अधिकार आयोग पोखराका निर्देशक सहसचिव नीतु गर्तौलाले जानकारी दिइन् ।

Advertisement

मानव अधिकार दिवसको सन्दर्भमा स्याङजा जिल्लाको कारागार अनुगमन, भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवस, चिप्लेढुंगा स्थित मानव अधिकारचोकबाट पोखरा सभागृहसम्म प्रभातफेरी ¥याली शुभकामना मन्तव्य सहित समापन, अन्तक्र्रिया लगायतका कार्यक्रम तय गरिएको छ । ‘सामाजिक आर्थिक र वातावरणीय न्यायको आधार, सिमान्तकृत समुदायको मानव अधिकार’ भन्ने नाराका साथ सो दिवस मनाउन लागिएको हो ।

गण्डकी प्रदेशको मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालय, राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेश कार्यालय, मानव अधिकार महाभेला गण्डकीले संयुक्त रुपमा कार्यक्रम गर्न लागेको इन्सेक गण्डकीका संयोजक शिवप्रसाद खकुरेलले बताए । अन्तर्राष्ट्रिय मानव अधिकार रक्षक सम्बन्धी दिवसको सन्दर्भमा मानव अधिकार रक्षक र उनीहरुको अधिकार सम्बन्धी कार्यक्रम गर्न लागिएको छ ।

मानव अधिकार दिवसको मुल समारोहसँगै लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान समेत समापन गर्ने कार्यक्रम तय भएको छ । मुल समारोह समितिको बैठकले मानव अधिकार दिवस मनाउनको लागि सहभागी बनाउन मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालयले प्रदेश मन्त्रालय, प्रादेशिक सुरक्षा निकायसँग समन्वय गर्ने निर्णय गरेको छ । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा रहेका संघीय कार्यालयहरुसँग समन्वय गरी प्रभातफेरी कार्यक्रममा व्यानर सहित सहभागिताको लागि सहजीकरण गर्ने छ । राष्ट्रिय मानव अधिकार आयोगका निर्देशक गर्तौलाले आयोगले गण्डकी प्रदेशमा रहेका मानव अधिकारको क्षेत्रमा कार्यरत सामाजिक संस्था र नागरिक समाजसँग समन्वय गर्ने बताइन् ।

Advertisement

तपाईको प्रतिक्रिया