पोउवा संघको सामाजिक विकास केन्द्रको सह्रानीय पहल
३६५ विद्यार्थीलाई न्यानो कपडा र स्टेसनरी

पोखरा । पोखरा उद्योग वाणिज्य संघअन्तर्गतको सञ्चालित सामाजिक विकास केन्द्रले विभिन्न ४७ वटा सामुदायिक विद्यालयमा अध्ययनरत ३ सय ६५ जना विद्यार्थीलाई न्यानो कपडासहित स्टेसनरी सामान बितरण गरेको छ ।
सामाजिक विकास केन्द्रका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राजेन्द्रकुमार लालचनका अनुसार जीविकोपार्जन तथा शिक्षा परियोजनामार्फत् किडासाको आर्थिक सहयोगमा विद्यार्थीहरुलाई स्वेटर,स्टेसनरी सामग्री एवं ट्रयाकसुट वितरण गरिएको हो । पोखरा महानगरभित्रका सरकारी विद्यालयका विद्यार्थी लक्षित यो कार्यक्रमबाट विद्यार्थीलाई प्रोत्साहन मिल्ने पनि उनले बताए ।
विद्यार्थीहरुलाई अध्यक्ष लालचनसहित पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीसहितले ती सामग्री हस्तान्तरण गरेका सामाजिक विकास केन्द्रका सुपरभाइजर सफल बरालले बताए । कार्यक्रममा बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले बालबालिकाहरु विद्यालय बाहिर नरहून् तथा निकृष्ट श्रममा बालबालिकाको प्रयोग नहोस् भन्नेमा सबैले ध्यान दिनुपर्ने बताए ।








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया