प्रतिभामा किताबरहित शुक्रबार

पोखरा । विद्यार्थीलाई सैद्धान्तिक अध्ययनसँगै व्यावहारिक तथा सिर्जनशीलता अभ्यास गराउने उद्देश्यले पोखराको नदीपुरमा अवस्थित प्रतिभा माध्यमिक विद्यालयले किताबरहित शुक्रबार कार्यक्रम सञ्चालन गरेको छ ।
विद्यालयमा कक्षा चारमा अध्ययनरत विद्यार्थीहरूलाई हप्तामा एक दिन किताबरहित शिक्षा सञ्चालन गर्न लागिएको हो । हरेक शुक्रवार जीवन उपयोगी शैक्षिक कार्यक्रमलाई अघि बढाउने विद्यालयका प्राचार्य किरण सापकोटाले बताए । जीवन उपयोगी सिपको आधारमा दिइने शिक्षाले बालबालिकाको सिर्जनशीलतामा वृद्धि हुने अपेक्षा राखिएको छ । ‘शिक्षासँग सिप र सिर्जना’ प्रदान गर्ने भएपछि विद्यार्थीहरू उक्त दिन किताब बोकेर विद्यालय जान नपर्ने भएको सापकोटाले बताए ।
विद्यार्थी किताबी अध्ययनबाट मात्र व्यावहारिक नबन्ने भन्दै एक दिन किताब बाहिरका विषयवस्तुका वारेमा जानकारी दिने, विभिन्न परियोजनात्मक काममा लगाउने, उनीहरूलाई विविध प्रतियोगितात्मक कार्यक्रमहरू खेलकुद, कला, संगीत र साहित्य लगायत अतिरिक्त कार्यकलाप गराउने, विभिन्न स्थानको अवलोकन गराउने जस्ता कार्यक्रम रहेको विद्यालयका सह–प्राचार्य प्रदीप खनालले बताए । कक्षा ४ का विनिसा केसीले कक्षाकोठामा बसेर शिक्षकहरूले घोकाएर कक्षाकार्य गराउने गरेकोमा आज यसरी आफ्ना साथीहरूसँग बसेर साथीहरूका मनका कुरा सुन्न पाउँदा आफू असाध्यै खुसी भएको बताइन् ।
उक्त शुक्रवारकोे कार्यक्रममा विद्याथीहरू पाठ्यपुस्तक विना सांस्कृतिक पोसाकमा विद्यालयमा आएर आफ्ना विविध प्रतिभाहरू प्रस्तुत गरेका थिए । कक्षा चारमा अध्ययनरत छात्रा अस्मिता ढकालको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सह–प्राचार्य प्रदीप खनालले कार्यक्रममाथि प्रकाश पार्दै आफ्नो कार्यपत्रसमेत प्रस्तुत गरेका थिए । कार्यक्रम कक्षा ४ का आकृति भण्डारी, दिग्गोस कार्की, फिनिक्स सुवेदी, स्मारिका सुवेदी र वन्दना बल्कोटीले सञ्चालन गरेका थिए । स्मारिका सुवेदीले ‘प्राचार्यसँग मनका कुरा’ समेत चलाएकी विद्यालयका नेपाली विभागका प्रमुख विष्णुप्रसाद पौडेलले जानकारी दिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया