श्रीबृद्धि सहकारीको साधारण सभा
समाधान संवाददाता
२०८१ मंसिर २३ गते १०:४७

पोखरा ।
पोखरा महानगरपालिका १० अस्पताल रोड स्थित श्रीबृद्धि चचत तथा ऋण सहकारी संस्थाको शनिबार १६ औं साधारण सभा भएको छ ।
संस्थाका अध्यक्ष मीनबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष प्राडा कृष्णबहादुर केसीको उपस्थिति थियो ।
कार्यक्रम सञ्चालन महिला सेयर सदस्य डा बिनिता कोइराला गरेकी थिइन् । समिति सदस्य शंकर तिमिल्सिना र निलकण्ठ सिग्देलले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा असल कारोबार दातामा सेयर सदस्य महेन्द्रबहादुर केसी, असल निक्षेपकर्ता कपिलकुमार जैसी र उत्कृट कर्मचारी काजल कोइराला पाण्डेलाई सम्मान गरीएको थियो ।
संस्थाका कोषाध्यक्ष रुद्रनाथ अधिकारीले संस्थाको आर्थिक अवस्थाका बारेमा जानकारी दिएका थिए ।
सम्बन्धित









चिसोले मुस्ताङ सुनसान
पेन्टिङ पर्यटक लोरा
किन हुन्छ हृदयाघात, के हुन् लक्षण ?
लोकतन्त्र र लोकतान्त्रिक संस्कार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया