सामाजिक उद्यमशीलताबारे कांग्रेसको अन्तक्र्रिया

पाेखरा ।
नेपाली कांग्रेस, कास्कीलाई ‘सामाजिक उद्यमशीलता विकास कार्यक्रम’ अन्तर्गत हरित र डिजिटल उद्यमशीलतामार्फत कसरी समुदायसँग जोड्न सकिन्छ भन्ने सम्बन्धमा समाजको विविध क्षेत्रमा उद्यमशीलतासँग आवद्ध व्यक्तिहरुका बीचमा गरिएको अन्तत्र्रिmया कार्यक्रम शनिबार पार्टी कार्यालय चिप्लेढुंगामा सम्मपन्न भएको छ ।
कार्यक्रममा सामाजिक उद्यमशीलता विकास कार्यक्रमबारे सुरेन्द्रबाबु तिवारीले जानकारी गराएका थिए । प्रस्तुतिमा प्रगत कायस्थ र दिलीप श्रेष्ठले डिजिटल उद्यमशीलताको बारेमा रहेका सम्भावना र समस्याबारेमा प्रस्तुतीकरण गरेका थिए ।
नेपाली कांग्रेस, कास्कीका सभापति किशोरदत्त बरालले यी तमाम सम्भावनाहरुसँगै कार्यक्रम बोकेर समुदायमा कांग्रेसको ऊर्जाशील उपस्थिति रहने बताए । कार्यक्रममा युवा उद्यमीहरु बाबुराम गिरी, सन्तोष पौडेल, सुरेन्द्र क्षेत्री, जानुका पराजुली, माइकल कर्माचार्य लगायतकाले निर्दिष्ट कार्यक्रम बनाएर समुदायमा लैजानुपर्ने बताए ।
व्यवसायीहरु गणेशबहादुर थापा, मेख तामाङ, ओमप्रकाश गुरुङ, सहकारी अगुवा रविरमण तिवारी, युवा नेता भानु पराजुली, भवसागर बराल, शीतल अधिकारी, जनार्दन आचार्य, कृषिविज्ञ बेनीबहादुर हमाल, पर्यटनकर्मी सरोज भुर्तेल, पर्यटनकर्मी कमला गिरी लगायत वक्ताहरुले स्थानीय ज्ञान र सीपको परिचालन गरी गाँउलाई ‘समुन्नत सहर’ होइन ‘समुन्नत गाउँ’ नै बनाई राख्ने र गाँउमै उद्यमशील वन्न उत्प्रेरित गर्ने यस कार्यक्रमले जोड दिनुपर्ने बताए ।
नेपाली कांग्रेस, कास्कीका सभापति किशोरदत्त बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा ३० जना विभिन्न सामाजिक उद्यमशिलतासँग आवद्ध व्यवसायी, उद्ममी र युवाहरुको उपस्थिति थियो ।
तपाईको प्रतिक्रिया