चिल्ड्रेन नेपालको वार्षिक साधारणसभा

पोखरा । चिल्ड्रेन नेपालको २८ औं वार्षिक साधारणसभा सोमबार भएको छ । सभाले महासचिव जयन्द्र भट्टराईको प्रगति प्रतिवेदन, कोषाध्यक्ष कुलप्रसाद पौडेलको २०८०/०८१ को आर्थिक प्रतिवेदन र आगामी वर्ष २०८१/०८२ को कार्यक्रम र बजेट पारित गरेको छ ।
कार्यक्रममा स्वस्थ्य मन्त्री कृष्णप्रसाद पाठकले प्रदेश सरकारले नागरिक संस्थाले गरेका कामलाई उच्च मूल्यांकन गर्दै सहयोग र साझेदारी गरिने प्रष्ट पारे । संस्थाका कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्माले संस्थाको दिगोपन र आत्मनिर्भरताका गरेका प्रयासहरुबारे प्रकाश पारे ।
संस्थाले कार्य सम्पादन मूल्यांकनबाट यस वर्ष उत्कृष्ट कर्मचारीमा कार्यकारी निर्देशक डिल्लीप्रसाद शर्मा, लेखा अधिकृत हरिप्रसाद पोख्रेल र चालक÷सहायक सन्तोष नेपालीलाई सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष शान्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष भीमलाल गुरुङ, कृष्ण माविका प्रधानाध्यापक प्रेम चपाईं, जनप्रिय माविका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटी, शान्तिका लागि नागरिक समाजको सञ्जाल कास्की संयोजक बिना सिलवाल, गैरसरकारी संस्था महासंघ गण्डकी कार्यबाहक अध्यक्ष पदमराज पहारी, राष्ट्रिय बालअधिकार परिषद गण्डकी प्रदेशका समन्वय अधिकृत बद्री वाग्ले, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा, राष्ट्रिय मानवअधिकार आयोग गण्डकी प्रदेश प्रमुख नितु गर्तौला, उपाध्यक्ष विजयकुमार कार्की, महासचिव सचिव जयन्द्र भट्टराईले पनि बोलेका थिए ।









तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया