पिएन क्याम्पसमा विद्यार्थी महोत्सव

पोखरा । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी कास्कीको आयोजनामा हुने विद्यार्थी महोत्सवको तयारी पूरा भएको छ । पृथ्वीनारायण क्याम्पस पोखरामा २६ र २७ गते हुने महोत्सवको तयारी पूरा भएको मंगलबार आयोजित पत्रकार सम्मेनल मार्फत् जानकारी दिइएको हो ।
कास्की जिल्ला कमिटीका अध्यक्ष सन्तोष पोख्रेलले विद्यार्थीहरुलाई एकताको सूत्रमा बाँध्ने उद्देश्यसहित महोत्सवको आयोजना गरिएको बताए । पृथ्वीनारायण क्याम्पसमा २ दिन चल्ने महोत्सवमा शैक्षिककार्यक्रमदेखि विविध सांगीतिक कार्यक्रमहरु समावेश गरिएको अध्यक्ष पोख्रेलले जानकारी दिए ।
उनका अनुसार महोत्सवको पहिलो दिन उद्घाटनसमारोहसँगै अनुसन्धान र विकासमा विश्व विद्यालय विषयमा अन्तरसंवाद हुनेछ । यस्तै चित्रकला प्रतियोगिता, नृत्य प्रतियोगिता, कविता प्रतियोगिता र लाइभ कन्सर्ट हुनेछ ।
यस्तै दोस्रो दिन पर्यटन र पोखरा विषयक अन्तरसंवाद हुनेछ । यसैगरी कविता प्रतियोगिता, चित्रकला, अन्तरसंवाद कार्यक्रम (स्थानीय सरकार), सांस्कृतिक नृत्य प्रतियोगिता, पुरस्कार वितरण तथा लाइभ कन्सर्ट हुनेछ । लाइभ कन्सर्टतर्फ डिमर्चा ब्याण्ड, देउराली ब्याण्डको प्रस्तुति रहनेछ भने, रचना रिमाल र टुकीको पनि प्रस्तुति रहनेछ । महोत्सव पिएन क्याम्पसको साइन्स बिल्डिङ परिसरमा आयोजना हुने अनेरास्ववियु कास्कीले जनाएको छ ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया