करबाकेली भजन सार्वजनिक

पोखरा । पुन समुदायका कुलदेवता करबाकेली बाबाका विषयमा गाइएका २ ओटा भजन सार्वजनिक गरिएको छ । पुन समाज नेपालले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘करबाकेली बाबा, तिम्रै शरणमा छौं,’ र ‘करबाकेली बाबाको आशीर्वाद’ शीर्षक भजन गीत सार्वजनिक गरिएको हो ।
जी. पुन, वविता पाख्रिन र दीपा तामाङको स्वरमा सजिएका भजनका संगीतकार पनि जी. पुन नै हुन् । गीतकार भने चिनबहादुर पुन र राधा पुन हुन् । भजनको म्युजिक भिडियो पनि बनाइएको छ । काफलडाँडामा छायांकन गरिएको भिडियोका निर्देशक पनि जी. पुन नै हुन् ।
दुबै भजनको संयोजन समाजसेवी चामबहादुर पुनले गरेका हुन् ।
भजन सार्वजनिक कार्यक्रममा समाजका उपाध्यक्ष राजु पनु, समाजसेवी चामबहादुर, गायक जी. पुन, साहित्यकार प्रभा बराल, पत्रकार अमृत भादगाउँले लगायतले सम्बोधन गरेका थिए ।
स्मरणीय छ, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–८ काफलडाँडामा करबाकेली बाबाको भव्य थान छ । थानमा करबाकेली बाबा, हिमला, फिमला, रामचन र कुलचनका पूर्ण कदका मूर्ति छन् ।
समाजसेवी चामबहादुरको अगुवाइमा करबाकेली थान, पुन समुदाय संग्रहालय, सामुदायिक पाहुनाघर निर्माणका साथै करबाकेली इको ट्रेक ब्रान्डिङ गरिएको छ । त्यसैले करबाकेली क्षेत्र पर्यटकीय गन्तव्यका रुपमा विकास भइसकेको छ ।









नेपाल डेरी एसोसिएसन गण्डकीको अध्यक्षमा कँडेल, नयाँ कार्यसमिति सर्वसम्मत
वार्ता चलिरहँदा कांग्रेस विशेष महाधिवेशनमा निर्वाचन प्रक्रिया सुरु, आज राति नै मतदान हुने
नेपाल टेलिकम पोखराको २२औं वार्षिकोत्सव : २२ विद्यालयमा डिजिटल साक्षरता, विद्यार्थीलाई विशेष अफर
जेनजी आन्दोलनमा क्षति पुगेको कास्की अदालतलाई ज्योति विकास बैंकको सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया