त्रिवेणी इन्टरनेसल–च्योङआम कलेजबीच सहकार्य

लेखनाथ ।
पोखराको लेखनाथमा रहेको त्रिवेणी इन्टरनेसनल कलेज र दक्षिण कोरियाको च्योङआम कलेजबिच विभिन्न क्षेत्रमा विद्यार्थी आदानप्रदानसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
समझदारीपत्रमा त्रिवेणीको तर्फबाट क्याम्पस प्रमुख यदुराज आचार्य र कोरियाको च्योङआम कलेजका अध्यक्ष किम सुङ हङले बुधबार हस्ताक्षर गरेका छन् । २ कलेजविच शैक्षिक सूचना र सांस्कृतिक आदानप्रदान, भाषा तालिम र विद्यार्थी आदानप्रदान, सहकार्यात्मक र अनुसन्धान, विभिन्न क्षेत्रको तालिममा सहकार्य गर्ने सम्झौता भएको छ ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रि स्तरमा हुने सभा, सम्मेलनमा संयुक्त रुपमा सहभागिता, दुवै कलेजका संकाय सदस्यहरुका बिच क्षमता अभिवृद्धिका कार्यक्रम, शिक्षक र कर्मचारीका लागि प्रशिक्षण लगायतका कार्यक्रम आदानप्रदान गर्ने समझदारी भएको छ ।
कार्यक्रममा त्रिवेणी इन्टरनेसलन कलेजका अध्यक्ष सुमन भट्टराईले प्राविधिक शिक्षामा अघि रहेको कलेजसँगको सम्बन्धले विद्यार्थी र शिक्षकले प्रविधिको प्रयोग र अनुसन्धानमा धेरै कुरा सिक्न सक्ने औंल्याए । च्योङआम कलेजका अध्यक्ष किमसुङ हङले नेपाली विद्यार्थीलाई कलेजमा छात्रवृत्ति प्रदान गरिने जनाए ।
कार्यक्रममा च्योङआम कलेजका योजना विभाग प्रमुख यङ होसिङ, उक्त कलेजका विदेश मामिला तथा व्यवस्थापन र शिक्षा प्रमुख आलोक बस्ताकोटी, त्रिवेणीका सल्लाहकार बाबुराम गिरी, राजेन्द्रमणि लामिछाने, लोकराज ढकाल, क्याम्पस प्रमुख यदुराज आचार्य, शैक्षिक परामर्शदाता प्राडा ईन्द्रप्रसाद त्रिवारी, कलेजका संस्थापक अध्यक्ष शेखर बस्ताकोटी, सञ्चालक समितिका सदस्य विनोद लामिछाने, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल लगायतले बोलेका थिए ।
त्रिवेणी इन्टरनेसनल कलेजले व्यवस्थापन विषयमा स्नातक र स्नाकोत्तर तहमा अध्यापन गराउँदै आएको छ । कलेजले लेखनाथको खाष्टे, गुँदे र न्यूरेनी तालको विकास, सामुदायिक विद्यालयका विद्यार्थीलाई भाषा र प्रविधिको ज्ञान एवं सांस्कृतिक पर्यटक आदानप्रदान गर्ने गरी सहकार्य गर्नेसमेत प्रतिवद्धता जनाएको छ ।
कलेजका अध्यक्ष हङ र पोखरा महानगरपालिका वडा नंं २६ का अध्यक्ष नरेन्द्र थापाबिचसहकार्य गर्ने सहमति भएको हो ।







जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया