पश्चिमाञ्चल माविमा प्रतिभा प्रस्फुटन कार्यक्रम

पोखरा । पोखराको गैह्रापाटनस्थित पश्चिमाञ्चल माविले ३३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार विभिन्न कार्यक्रम गरेको छ । उक्त अवसरमा रक्तदान र प्रतिभा प्रस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम गरिएको छ ।
शुक्रबार भएको रक्तदानमा ४१ यूनिट रगत संकलन भएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि रेडक्रस कास्कीका अध्यक्ष दण्डराज शर्मा पौडेलले रक्तदानको महत्वबारे प्रकाश पारेका थिए । विद्यालयका विद्यार्थी, अभिभावक, शिक्षक तथा कर्मचारीले रक्तदान गरेका थिए ।
त्यसैगरि विद्यालयले उक्त अवसरमा प्रतिभा प्रस्फुटन तथा पुरस्कार वितरण कार्यक्रम आयोजना गरिएको थियो । कार्यक्रमको शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्यले विद्यार्थीमा भएको प्रतिभालाई बाहिर ल्याउन यस्ता कार्यक्रम आवश्यक रहेको बताए । आचार्यले प्रतिभा प्रस्फुटनमा उत्कृष्ट विद्यार्थीलाई पुरस्कार समेत प्रदान गरेका थिए ।
कार्यक्रममा पश्चिमाञ्चल फाउण्डेसनका अध्यक्ष प्राडा रामनाथ ओझाले विद्यार्थीको विद्यार्थी क्षमता बाहिर ल्याउन हरेक वर्ष यस्ता कार्यक्रम गर्दै आएको बताए । भविश्यमा पनि थप कार्यक्रम गर्ने उनले बताए । विद्यालयका प्राचार्य सरोज कोइरालाले विद्यार्थीभित्र लुकेको खुबी बाहिर ल्याउनका लागि कुन कसर बाँकी नराख्ने पनि बताए । विद्यार्थीका हौसलाका लागि किताबी ज्ञान बाहेक प्रतिभा प्रस्फुटन कार्यक्रम पनि गर्नुपर्ने उनले बताए ।
त्यस्तै सह प्राचार्य मिनु श्रेष्ठ कुँवरले एउटा शैक्षिक संस्था ३३ वर्ष पुरा गर्न आफैमा इतिहास रहेको बताईन । उनले ३३ वर्षमा हजारौं विद्यार्थीलाई भविश्यको बाटो देखाउन सफल भएको पनि बताईन । विद्यालयका प्लस टु संयोजक देव क्षेत्रीले जो कोही विद्यार्थीमा पनि अनुशासन आवश्यक रहेको बताए । उक्त कार्यक्रममा अघिल्लो वर्ष राष्ट्रिय परीक्षा बोर्डले दिएका परीक्षामा उत्कृष्ट रिजल्ट ल्याउने विद्यार्थीलाई सम्मान गरिएको थियो ।
प्रतिभा प्रस्फुटन कार्यक्रममा नर्सरीदेखि १२ कक्षासम्मका विद्यार्थीले प्रतिभा देखाएका थिए । रक्तदान कार्यक्रमको संचालन अतिरिक्त क्रियाकलाप इन्चार्ज आत्मराम अधिकारी र प्रतिभा प्रस्फुटन कार्यक्रमको सिनियर इन्चार्ज विजयराज अधिकारीले संचालन गरेका थिए । पश्चिमाञ्चल माविमा नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । ११ र १२ कक्षामा विज्ञान, व्यवस्थापन, होटल व्यवस्थापन, मानविकी र कानुन विषयमा अध्यापन गराइन्छ ।









नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया