विज्ञान शिक्षक समाज गण्डकीमा सुजन लम्साल

पोखरा । नेपाल विज्ञान शिक्षक समाज गण्डकी अध्यक्षमा सुजन लम्साल निर्वाचित भएका छन् । समाजको शनिबार पोखरामा भएको प्रथम साधारण सभा तथा अधिवेशनबाट कास्कीका लम्साल अध्यक्षमा निर्वाचित भएका हुन् । उनी गण्डकी बोर्डिङका शिक्षक हुन् ।
उपाध्यक्षामा तनहुँकी कमला पोखरेल र बागलुङका चन्द्रबहादुर खड्का निर्वाचित हुँदा कास्कीका सुदीप आचार्यले सचिवको जिम्मेवारी पाए । सहसचिवमा नवलपुरका नरेश लोहार, कोषाध्यक्षमा तनहुँका संगम आचार्य र सहकोषाध्यक्षमा पर्वतका यामनारायण चापागाईं निर्वाचित भए । सदस्यमा महादेव पौडेल, मिलन सुवेदी, किरण पौडेल, सुदर्शन रेग्मी, कमला पौडेल शर्मा, नारायणप्रसाद पोखरेल, सदस्य भूगोल गोरखा, कमलबहादुर बुढाथोकी, गिरी सिंह शेरचन, दिना अधिकारी चयन भए ।
लेखा समिति संयोजकमा विष्णुप्रसाद न्यौपाने, सदस्यमा अरूणकुमार उपाध्याय र केन्द्रीय प्रतिनिधिमा राजकुमार ढकाल चयन भएका छन् ।








नेपाली कांग्रेसभित्रको खैलाबैला, आधार र निकास
शिक्षक महासङ्घ कास्कीको परिषद् सम्पन्न, अग्रज शिक्षकलाई सम्मान
कृत्रिम खुट्टाको भरमा सातै महादेशका अग्ला शिखर आरोहण, हरि बुढामगरले रचे कीर्तिमान
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया