गोगनका भूपू विद्यार्थी संगठित

पोखरा । पोखरा महानगरपालिका वडा नं ३२ स्थित गोगन माध्यमिक विद्यालय पूर्व विद्यार्थी मिलन कार्यक्रमअन्तर्गत शनिबार भएको भेलाले किसान परियारको संयोजकत्वमा गोगन मावि भूपू विद्यार्थी मञ्चको तदर्थ समिति गठन गरेको हो ।
मञ्च सहसंयोजकमा रेशम रानाभाट, सचिव विनोद भण्डारी, सहसचिव भावना पौडेल र कोषाध्यक्षमा एलिसा केसी छन् । मञ्चका सदस्यमा कीर्तिराज खनाल, अजय घिमिरे, दीपक पौडेल, विश्वर्ण बस्नेत छन् ।
कार्यक्रममा पोखरा ३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले कुनै पनि विद्यालयको सर्वांगीण विकासमा पूर्व विद्यार्थीहरूको भूमिका महत्वपूर्ण हुने बताए । विद्यालय व्यवस्थापन समिति अध्यक्ष मेघराज पौडेलले स्कुलको समग्र उन्नयनका लागि भूपू विद्यार्थीहरूसँग सहकार्य गर्दै अघि बढ्ने बताए ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहनराज बराल, कार्यक्रम संयोजक हरिश्चन्द्र अधिकारी लगायतले बोलेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया