अंग्रेजी शिक्षकका लागि कार्यशाला

पोखरा । अंग्रेजी भाषा शिक्षकहरुको पेशागत संगठन नेल्टाको गण्डकी प्रदेश शाखाले पोखरामा कार्यशाला आयोजना गरेको छ । नेल्टाले ताल बाराही माध्यमिक विद्यालयमा शनिबार र आइतबार गरी दुई दिने प्राज्ञिक अनुसन्धानमा आधारित आवासीय कार्यशाला आयोजना गरेको हो ।
गण्डकी प्रदेशका सबै जिल्लाबाट ३ जनाको दरले ३० शिक्षक कार्यशालामा सहभागी थिए । नेपालकै अंग्रेजी भाषा शिक्षणको क्षेत्रमा उत्कृष्ट मानिएको नेल्टा गण्डकीले प्रकाशित गर्दै आएको स्टार रेटेड जर्नलका प्रत्येक अंकमा गण्डकी प्रदेश भित्रकै अंग्रेजी शिक्षकहरुले अनुसन्धान गरी तयार पारिएका लेखलाई समावेश गराउने उद्देश्यले कार्यशाला सञ्चालन गरिएको नेल्टा गण्डकी सभापति कमलराज लम्सालले बताए ।
सहप्राध्यापक डा नवराज न्यौपाने र उपप्राध्यापक डा पिताम्बर पौडेलले कार्यशालामा संयुक्त सहजीकरण गरेका थिए । कार्यशालाको समापन सत्रमा नेल्टा स्याङ्जा अध्यक्ष ओमविकास सिंजाली र नेल्टा नवलपुर सदस्य रीता खड्काले कार्यशालाका व्यवहारिक विषयवस्तुले सहभागीको लेखन सीप विकास भएको, अनुसन्धानप्रति रुचि र प्रतिबद्धता बढाएको टिप्पणी गरे ।
नेल्टा गण्डकी सभापति कमलराज लम्सालले कार्यशालाका सबै सहभागीले प्रत्येक वर्ष कम्तीमा १ अनुसन्धानात्मक लेख नेल्टा गण्डकीद्वारा प्रकाशन हुने जर्नलमा वा अरु माध्यमबाट प्रकाशित गर्न लाग्ने प्रतिवद्धता गरे ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया