लेखनाथ जेसिजमा कृष्णको नेतृत्व

लेखनाथ ।
लेखनाथ जेसिजको अध्यक्षमा कृष्ण तिवारी निर्वाचित भएका छन् । संस्थाको शनिबार भएको २६ औं शाखा अधिवेशनले तिवारीलाई वर्ष २०२५ को अध्यक्ष चुनेको हो ।
समितिका कार्यकारिणी उपाध्यक्षहरुमा रसिसहरि भण्डारी र शिवानी केसी, उपाध्यक्षहरुमा सन्देश ढकाल, ध्रुवराज घिमिरे, अशोक ढकाल र सञ्जय बास्तोला छन् । कानुनी सल्लाहकारमा प्रवलमणि भण्डारी, महासचिव सर्वेन्द्र न्यौपाने, कोषाध्यक्ष मौसम बराल, सचिव जनकराज तिवारी, शाखा सम्पादक सुशील ढुंगाना, वृद्धि सभापति विकास रानाभाट, शुक्रबारसरीय प्रवचनमाला संयोजक आकाश बराल र थिम डाइरेक्टरमा महेश वाग्ले चयन भए ।
कार्यक्रममा रुपा गाउँपालिका अध्यक्ष नवराज ओझाले जेसिजले गर्दै आएका सामाजिक कार्यदेखि आफू प्रभावित भएको बताए । लेखनाथ उद्योग वाणिज्य संघ अध्यक्ष विनोद श्रेष्ठले जेसिजमा नेतृत्वका लागि मिलेर जाने परिपाटी अन्य संस्थाले पनि अनुसरण गर्नुपर्नेमा जोड दिए ।
वर्ष २०२४ अध्यक्ष प्रकाश राइभाटको अध्यक्षतामा भएको कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष सुशील ढुंगाना, पूर्वअध्यक्षहरु लक्ष्मीप्रसाद त्रिपाठी र नवीनप्रसाद बास्तोला, जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष फणीन्द्र घिमिरे, भवानी कालिका माविका प्रधानाध्यापक रमेश भटृराई, शाखा सम्पादक सन्देश ढुंगाना , वर्ष २०२३ का अध्यक्ष चन्द्रप्रकाश ढुंगाना, सचिव मौसम बराल लगायतले बोलेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया