प्रजातान्त्रिक आन्दोलनका अगुवा डिलबहादुरको शोक सभा

पोखरा । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले डिलबहादुर गुरुङको आदर्श र योगदानलाई पछिल्लो पुस्ताले अनुसरण गर्नुपर्नेमा जोड दिएका छन् । नेपाली कांग्रेस कुश्मा नगरपालिका वडा नं १४ द्वारा पोखरामा सोमबार आयोजित गुरुङको श्रद्धाञ्जली सभामा मन्त्री थापाले उनले समाज र पार्टीको विकासका लागि पु¥याएको योगदानको चर्चा गरे ।
राजनीतिलाई पद र प्रतिष्ठाभन्दा पनि समाज परिर्वतनको मुल नीतिका रुपमा हेरिनुपर्ने उनको भनाइ छ । कार्यक्रममा नेपाली कांग्रेस पर्वत सभापति युवराज जोशीले गुरुङको निधनले पार्टीलाई ठूलो क्षति भएको जनाए ।
गण्डकी प्रदेश सांसद रेखा गुरुङले डिलबहादुर राजनीतिक चिन्तकमात्र नभई सामाजिक अभियन्तासमेत भएको स्मरण गरिन् । कान्छा छोरा शेरबहादुरले दिलबहादुरले परिवारलाई मात्र नभई समाजलाई नै संस्कार दिएको र प्रेरणाको स्रोत बनेको सुनाए ।
पर्वतको साविक आर्थरडाँडा घर भई पोखरा, शिवालयचोक बस्दै आएका दिलबहादुर प्रजातान्त्रिक आन्दोलनका अगुवा नेता थिए । शोकसभामा पर्वत कांग्रेसका नेता नवराज गुरुङ, वडा नं १४ का अध्यक्ष रुद्रमोहन रिमाल, गण्डकी प्रदेश सांसद पञ्चराम गुरुङ, पूर्व सांसद लालकाजी गुरुङ, नेपाली कांग्रेस गण्डकी प्रदेशका सञ्चार विभाग प्रमुख एवं नेपाल पत्रकार महासंघ गण्डकी अध्यक्ष रमेश पौडेल, नेपाली कांग्रेस उपसभापति शिव सुवेदी, क्षेत्रीय सभापति राजकुमार केसी, नगर सभापति किशोर भण्डारी लगायतले बोलेका थिए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया