रिलायन्स पब्लिकको अभिभावक दिवस

लेखनाथ । पोखरा २६ को बुढीबजारमा रहेको रिलायन्स पब्लिक स्कुलले प्रथम अभिभावक दिवसको अवसरमा विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयले ३ वर्षको शैक्षिक पुरस्कारसहित विभिन्न विधामा उत्कृष्ट स्थान हाँसिल गर्ने विद्यार्थीहरुलाई आइतबार सम्मान गरेको हो ।
पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत वद्रीनाथ सुवेदीले विद्यार्थीलाई किताबी ज्ञानको साथमा व्यवहारिक र प्रयोगात्मक शिक्षाको माध्यमबाट अगाडि बढाउनुपर्ने सुझाव दिए । पोखरा २६ का वडा सदस्य तीर्थबहादुर राजभाटले विद्यार्थीबमा बढ्दो मोबाइल मोह घटाउन र अध्ययनप्रति रुचि जगाउन विद्यालय र घर दुवैतिरबाट प्रयास हुनुपर्नेमा जोड दिए ।
गण्डकी बोर्डिङका पूर्वप्राचार्य रवि बरालले विद्यार्थीलाई अनुशासनमा राखेर उनीहरुको रुचिबमोजिममको पठनपाठनमा शिक्षक र अभिभावकले सहयोग गर्नुपर्ने धारणा राखे । विद्यालय व्यवस्थापन समिति अध्यक्ष कमल रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा डाँडाकोनाक प्रहरी चौकीका प्रमुख श्रमणकुमार विक, नेसनल प्याब्सन कास्की अध्यक्ष हेमन्त अधिकारी, नेसनल प्याब्सनका पूर्व केन्द्रीय उपाध्यक्ष ज्ञानेन्द्रमोहन भटराई, अभिभावक ईन्द्रप्रसाद सुवेदी, विद्यार्थी भूमी रानाभाट र शिक्षक टेकनाथ आचार्यले बोलेका थिए ।
विविध सांस्कृतिक कार्यक्रमका साथ सुरु भएको कार्यक्रममा प्रिन्सिपल सन्दीप त्रिपाठीले भावी योजना र विद्यालयको प्रगति विवरण पेश गरेका थिए ।









पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
निर्वाचन आउन ५४ दिन बाँकी, माघ ३ देखि आचारसंहिता लागू गर्ने तयारी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया