मणिपालले जुत्ता व्यवसायीलाई छुट दिने

पोखरा ।
जुत्ता व्यवसायी संघ कास्की र मणिपाल शिक्षण अस्पतालबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार, संघका सदस्यहरूले अस्पतालका विभिन्न स्वास्थ्य सेवामा विशेष छुट प्राप्त गर्ने भएका छन् ।
उक्त समझदारीपत्रमा संघका अध्यक्ष हेमकृष्ण श्रेष्ठ र अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल ओडुविलले हस्ताक्षर गरेका हुन् । यस सम्झौताअनुसार अस्पतालले जुत्ता व्यवसायी संघ कास्कीका सदस्यहरूलाई न्यूनतम १० प्रतिशतदेखि १०० प्रतिशतसम्मको छुट प्रदान गर्नेछ ।
छुट प्राप्त गर्नका लागि सेवाग्राहीले अस्पतालमा आउँदा जुत्ता व्यवसायी संघ कास्कीको सदस्यता परिचयपत्र देखाउनुपर्नेछ । अस्पतालमा दर्ता शुल्कमा १०० प्रतिशत, सामान्य शड्ढया शुल्कमा २५ प्रतिशत, नियमित जाँचमा १५ प्रतिशत र शल्यक्रिया तथा विशेष परीक्षण शुल्कमा १० प्रतिशत छुट पाउनेछन् । सदस्यहरूलाई डाक्टरको परामर्शमा कुनै शुल्क लाग्ने छैन ।








१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया