नारिशक्ति जागरण आमा समुहमा लम्साल

गण्डकी ।
नारिशक्ति आमा समुह पोखरा १७ को पाँच साधारण सभा एवम् तेश्रो अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले राधादेवी लम्सालको अध्यक्षक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्वत चयन गरेको छ ।
दुई वर्षे कार्यकाल रहेको समितिको उपाध्यक्षमा पूर्णकला बास्तोला पोखरेल, सचिव सरस्वती नेपाल सुवेदी, सहसचिवमा सरस्वती लम्साल, कोषाध्यक्ष मञ्जु क्षेत्री, सहकोषाध्यक्षमा हरिकमल केसी निर्वाचित भए ।
समूहको सदस्यहरुमा जोती शेरचन, दुर्गा पौडेल, अप्सरा गोदार, डिममाया कार्की, सुजिता पराजुली, सरास्वती अधिकारी, सीता पौडेल क्षेत्री, सरास्वती सुवेदी, गीता विक छन् ।
पोखरा महानगरपालका वडा नम्बर १७ का वडाध्यक्ष राधिका शाही योगीले अधिवेशनको उद्घाटन गर्दै समाजका विकृति विसंगतीको विरुद्धमा आमाहरु संगठित भएर अघि बढ्नुपर्ने बताए ।
समुहका प्रत्येक गतिविधिमा वडाको सहयोग रहने विश्वास व्यक्त गर्दै उनले अवका आमाहरु आयआर्जनका कार्यक्रमसँग जोडिनुपर्ने आवश्यकता औंल्याए । वडामा ५५ वटा आमा समूह छन् ।
गैरसरकारी संस्था महासंघका केन्द्रीय अध्यक्ष रामप्रसाद सुवेदीले आमाहरु नेतृत्व विकासका गर्दै उत्पादनसँग जोडिने खालका कार्यक्रम सञ्चालन गर्नुपर्ने खाँचो औंल्याए ।
सञ्चारकर्मी हरि बास्तोलाले आमा समूहको माध्येमबाट महिला नेतृत्व विकासमा महत्वपूर्ण योगदान पुगेको बताउँदै स्थानीय तहका जनप्रतिनिधि त्यसका उदाहरण बनेको उनको भनाइ थियो ।
कार्यक्रममा समुहमा आवद्ध ज्येष्ठ नागरिक एवं विभिन्न तहमा सर्वोत्कृट अंक ल्याउने छोराछोरीलाई दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो ।
समुहकी अध्यक्ष प्यारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा समूहका संस्थापक अध्यक्ष शिशिर गोदार, सल्लाहकार एवं सामाजिक व्यक्तित्व लिलबहादुर जिसी, शुभकामना आमा समूहका अध्यक्ष पार्वती खड्का, हिमाली पवित्र आमा समूहका अध्यक्ष सावित्री अर्याल, घारीपाटन टोल विकास संस्थाका अध्यक्ष देवेन्द्र क्षेत्री, सम्मानित विद्यार्थी विनिसा श्रेष्ठले आमा समुहले खेल्दै आएको भूमिकाका बारेमा चर्चा गरेका थिए ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया