टेम्पल ट्री रिसोर्ट प्रालिद्वारा सामुदायिक विद्यालयमा पोसाक र स्टेसनरी वितरण

पोखरा । टेम्पल ट्रि रिसोर्ट प्रालिले सामुदायिक विद्यालयका गरिब तथा विपन्न परिवारका बालबालिकालाई मंगलबार न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण गरेको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत छोरेपाटन मावि, विन्ध्यवासिनी मावि र रजानकी माविका १ सय २५ विद्यार्थीमध्ये ८५ लाई विद्यालय पोशाक, स्टेसनरी र स्वीटर प्रदान गरेको रिसोर्टका अध्यक्ष वसन्त गौतमले जानकारी दिए । उनले सामाजिक संस्था असल छिमेकी सहयोग संघ नेपाल (गोनेसा )को सहयोगमा विद्यार्थीलाई ती सामग्री प्रदान गरेको उल्लेख गरे ।
गोनेसा अध्यक्ष रामप्रसाद सुवेदीले विद्यार्थी विद्यालय भर्ना कार्यक्रम अन्तर्गत शैक्षिक सत्रमा ४ सय ३० बालबालिकालाई पोशाक तथा शैक्षिक सामग्री वितरण गरिने बताए । उनले वर्षको २ पटक विद्यालय पोशाक, स्टेसनरी, झोला प्रदान गर्दै आएकोमा दातृ निकायको सहयोग घटेकोमा कठिनाई भएको सुनाए ।
कार्यक्रममा गोनेसाका सल्लाहकार मोनिका गौतम, कार्यसमिति सदस्य केशु भुजेल, सुपरभाइजर कमल पुन लगायतले विद्यार्थीका लागि गुणस्तरीय शिक्षाका लागि घरपरिवारबाट उचित वातावरण मिलाउनुपर्ने बताए ।









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया