एनसेल उत्कृष्ट करदाता

काठमाडौं । एनसेल सबैभन्दा बढी कर तिरेकोमा सम्मानित भएको छ । गत आर्थिक वर्ष संस्थागततर्फ सबैभन्दा बढी कर योगदान गरेकोमा ललितपुर महानगरपालिकाले मंगलबार एनसेलललाई सम्मान गरेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओली र महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले संयुक्त रुपमा महानगरपालिकाको १ सय ६ औं स्थापना दिवसको अवसरमा आयोजित विषेश कार्यक्रममाझ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभलाई सम्मान पत्र प्रदान गरे ।
‘ललितपुर महानगरपालिकाले हाम्रो योगदानलाई कदर गर्दै प्रदान गरेको यो सम्मानका लागि हामी कृतज्ञ छौं । यसरी देशको अर्थतन्त्र र विकासमा प्रत्यक्ष, अप्रत्यक्षरुपमा योगदान गर्न पाउँदा हामी गौरवान्वित छौं,’ एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले भने ।
एनसेलले स्थापना कालदेखि २०८०/८१ सम्ममा सरकारलाई विभिन्न कर तथा शुल्क शीर्षकमा ३ सय अर्बभन्दा बढी कर तिरेको छ । गत वर्षमात्रै कम्पनीले २०.३० अर्ब कर तथा शुल्कहरु सरकारलाई दाखिला गरेको छ ।









१० औँ पोखरा स्पोर्ट्स अवार्ड वैशाख १८ मा
वर्तमान कार्यसमिति भंग गर्ने दबाबबीच कांग्रेस विशेष महाधिवेशन लम्बियो, वार्ताका लागि देउवा तयार
विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया