नेपाल रेडक्रस सोसाइटी पोखरा २७ मा लामिछाने

समाधान संवाददाता २०८१ पुष ३ गते १६:५७

लेखनाथ ।

Advertisement

नेपाल रेडक्रस सोसाइटी पोखरा २७ लेखनाथ उपशाखाको २७ औं वार्षिक साधारण सभा तथा ११ औं अधिवेशनले आगामी कार्यकालका लागि बोधराज लामिछानेलाई सभापतिमा चयन गरेको छ ।


सभापति पदका लागि वर्तमान सभापति तिलकशाली सापकोटाको समेत उम्मेदवारी परे पनि पछि सहमतिका आधारमा लामिछानेलाई सभापतिमा चयन गरिएको हो भने अन्य पदमा सर्वसम्मत भएको थियो । नवगठित समितिको उपसभापतिमा नारायणी भट्टराई, सचिवमा प्रभा कुमारी लामिछाने, कोषाध्यक्षमा विष्णुकुमारी लामिछाने, उपसचिवमा गीता लामिछाने, उपकोषाध्यक्षमा कमलभक्त बस्ताकोटी र सदस्यहरूमा सीता पौडेल, शेषराज तिमिल्सेना, बलराम देवकोटा, रामप्रसाद तिमिल्सेना र इन्दिरा लामिछाने छन् ।


यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेपाल रेडक्रस सोसाइटी कास्की शाखाका सभापति दण्डराज शर्माले रेडक्रसजस्तो सामाजिक संस्थामा राजनीति हुनु नहुने सुझाव राख्दै पछिल्लो समय राजनीतिक दलका नेताको हस्तक्षेपकारी भूमिकाले संस्था बन्द हुँदै गएकोमा चिन्ता व्यक्त गरेका थिए ।


नेपाल रेडक्रस सोसाइटी लेखनाथ उपशाखाका सभापति तिलकशाली सापकोटाको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगरपालिका वडा नं २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ, त्रिवेणी पब्लिक स्कुलका प्राचार्य विष्णुप्रसाद अधिकारी, सल्लाहकार बोधराज लामिछाने र निवर्तमान सभापति खगेन्द्रराज आचार्यलगायतले पछिल्लो समय रेडक्रसका मूल्य र मान्यता अनुसार चल्न नसक्दा रेडक्रसप्रति जनताको कम चासो सृजना भएको सुझाव राखेका थिए । संस्थाका सचिव गोपालमणि लामिछानेले सञ्चालन गरेको कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष रक्षा भट्टराईले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया