गण्डकी बोर्डिङमा खेलकुद सुरु

पोखरा । गण्डकी बोर्डिङ स्कुल लामाचौरमा बुधबारदेखि वार्षिक खेलकुद सुरु भएको छ । ३ दिनसम्म चल्ने कार्यक्रम अन्तर्गत पहिला २ दिनका विभिन्न इभेन्ट्सका खेलकुद प्रतियोगिता सुरु भएका छन् ।
अन्तिम दिन शुक्रबार सांस्कृतिक कार्यक्रम, शैक्षिक प्रदर्शनी एवं रमाइलो मेला हुने कार्यक्रम संयोजक एवं मावि सुपरभाइर शान्तबहादुर विकले जानकारी दिए । विद्यालय परिसरमा बुधबार आयोजित विशेष समारोहमा विजयपुर ब्यारेकका पृतनापति मधुकरसिंह कार्कीले कार्यक्रम उद्घाटन गरे ।
जिपिएसका पूर्व विद्यार्थीसमेत रहेका हाल अमेरिका निवासी धीरनारायण भारीले ओलम्पिक फ्लेम प्रज्ज्वलन गरे । सो अवसरमा विद्यार्थीले मार्चपाससमेत गरेका थिए । राप्ती, सेती, त्रिशूली र कर्णाली सदनका विद्यार्थीको मार्चपासले सबैको ध्यान आकृष्ट गरेको थियो ।
कक्षा ४ देखि १२ विद्यार्थीका विद्यार्थीले विभिन्न खेलकुदका इभेन्ट्समा भाग लिएका छन् । जसमा विभिन्न दूरीका दौड, सटपुट, लङजम्प, हाइजम्प, ट्रिपल जम्प, ज्याभलिन, बल थ्रो लगायतका खेलकुद क्रियाकलाप हुने छन् ।
प्रिन्सिपल विश्वयुधीर पौडेल घर्तीले विद्यालयले हरेक आयोजना गर्ने यस प्रकारका कार्यक्रमले विद्यार्थीको शारीरिक तथा मानसिक विकासमा सघाउ पुग्ने विश्वास लिए । पोखरा १६ लामाचौरस्थित गण्डकी बोर्डिङ नेपालकै उत्कृष्ट विद्यालयमध्ये पर्छ । जहाँ कक्षा ४ देखि १२ सम्म करिब १२ सय विद्यार्थी पढ्छन् ।









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया