पोखराबाट घान्द्रुक जाँदै गरेको स्कारपियो दुर्घटना, ६ जना घाइते
समाधान संवाददाता
२०८१ पुष ४ गते १६:४७

पोखरा ।
पोखराबाट अन्नपूर्ण गाउँपालिका–१० घान्द्रुक जाँदै गरेको स्कारपियो बिहीबार दिउँसो दुर्घटना भएको छ । ग १ ज ६८२१ नम्बरको स्कारपियो घान्द्रुकको बतासे डाँडामा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
घाइते मध्य १ जनालाई एम्बुलेन्स र ४ जनालाई सिम्रिक एयरबाट उद्धार गरिएको प्रहरीले बताएको छ । चालक र सामान्य घाइते भएका अर्का एक यात्रुलाई प्रहरीको गाडीमा पोखरा ल्याइँदै गरेको प्रहरीले जानकारी दिएको छ ।
गाडी करिव ६ सय मिटर तल खसेको बताइएको छ । चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ट्राफिक प्रहरीले चालकको लापरवाहीले दुर्घटना भएको जनाएको छ । दुर्घटनामा परेर एक जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनीहरु काठमाडौंबाट घान्द्रुक घुम्न आएको प्रारम्भिक अनुसन्धानमा खुलेको कास्की ट्राफिक कार्यालयले जनाएको छ ।
सम्बन्धित









कास्कीमा नागरिकताभन्दा पासपोर्ट लिने बढी
पूर्वमन्त्री एवं वरिष्ठ पत्रकार होमनाथ दाहालको निधन, आज पशुपतिमा दाहसंस्कार
गविविको उपकुलपतिका लागि ६ जनाको आवेदन, माघ ४ मा प्रस्तुतीकरण
माघ १ देखि ५ लाखभन्दा बढीको नगद कारोबारमा रोक
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया