हाइकिङ टोली कान्छी बराहमा

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ७ मा रहेको कान्छी बराह मन्दिर प्रवद्र्धनका लागि हाइकिङ आयोजना गरिएको छ । सो अवसरमा गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य दीपक भण्डारीले पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसारमा हाइकर्स क्लबले उदाहरणीय कार्य गरेको बताउँदै समय मिलेसम्म आफू सहभागी हुने जनाए ।
उनले हाइकिङ कार्यक्रमलाई सहयोग पुग्ने गरी राज्यले नीति ल्याउनुपर्नेमा जोड दिए । पितम देउराली आमा समूहले हाइकिङमा सहभागीलाई स्वागत गरेको थियो । हाइकर्स टोलीलाई समाजसेवी कमल गुरुङले कान्छी वराहदेखि पितम देउरालीसम्म साथ दिएका थिए ।
व्यवसायी सञ्जु आचार्य पौडेलले त्यहाँ टंकी निर्माण गर्न, पैदल यात्रीलाई १२ महिना हिड्न सहज हुने सिंढी बनाउन र ठाउँ ठाउँमा डस्टबिन राख्नुपर्नेमा जोड दिइन् । हाइकिङमा पहिलो पटक सहभागी गायत्री खनालले कार्यक्रमलाई निरन्तरता दिन सुझाइन् ।
हरेक महिनाको अन्तिम शनिबार पोखरा आसपासका पर्यटकीय गन्तव्यमा हाइकिङ जाने गरेको हाइकर्स क्लब नेपालको ५३ औं कार्यक्रम कान्छी बराहमा भएको क्लब अध्यक्ष कृष्ण रानाभाटले जनाए ।









राजनीतिमा होमिए पूर्व उपरथी बाबुराम श्रेष्ठ
पोखरा महोत्सवको तयारी पुरा
कांग्रेसमा कम्युनिस्ट गन्ध आयो, अब ‘कम्युनिस्टमुक्त कांग्रेस’ चाहिन्छ : शुक्रराज शर्मा
खौलालाँकुरीमा आँखा शिविर : ३१९ जनाले लिए सेवा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया