पोखरा २७ मा जागरूक नागरिक समाज

लेखनाथ । नागरिक समाज कास्कीले पोखरा महानगरपालिका वडा नम्बर २७ मा नयाँ समिति गठन गरेको छ । महानगरका सबै वडामा समिति गठन गर्ने योजना अनुसार शुक्रवार पोखरा–२७ मा भएको भेलाले कृष्णप्रसाद सापकोटाको अध्यक्षतामा जागरूक नागरिक समाज इकाई समिति गठन गरिएको हो ।
नवगठित समितिको सचिवमा घनश्याम ढुंगाना, कोषाध्यक्षमा विष्णुप्रसाद लामिछाने र सदस्यहरूमा शान्ता पाण्डे, प्रभा पौडेल, वीरेन्द्र भुर्तेल, पूर्णिमा खनाल, डम्बर अधिकारी, लक्ष्मी सापकोटा, थमन अधिकारी र मञ्जु अधिकारी छन् ।
नवनिर्वाचित समितिलाई पोखरा महानगरपालिका वडा नम्बर २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पद तथा गोपनीयताको शपथ गराउँदै समाजमा व्याप्त खराब कामका विरुद्ध खबरदारी र राम्रा कामका विषयमा सकारात्मक भूमिका निभाउन अनुरोध गरेका थिए ।
जागरूक नागरिक समाजका अध्यक्ष रामहरि ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्मा, लेखनाथ उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य अर्जुन भण्डारी, परोपकार नागरिक समाजका अध्यक्ष देवराज पन्थी, निर्वाचन समितिका संयोजक जगन्नाथ तिमिल्सेना र तालचोक महिला समूहकी अध्यक्ष पूर्णिमा खनाललगायतले आ–आफ्नो धारणा राखेका थिए । जागरूक नागरिक समाजकी सचिव सावित्रा भट्टराईले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य कार्यक्रम संयोजक सीता बस्ताकोटीले गरेकी थिइन् ।









विन्ध्यवासिनी माविको ७९ औँ वार्षिकोत्सव, प्रअ आचार्यलाई ‘अध्यक्ष अवार्ड’
गोगन माविको वार्षिकोत्सव
पुस्तक तथा स्टेसनरी महासंघ गण्डकीमा प्रदीप
गोगन माविको वार्षिकोत्सव
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया