त्रिवेणी इन्टरनेशनल कलेज विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन

लेखनाथ । त्रिवेणी इन्टरनेशनल कलेज पोखरा २७ को विद्यार्थी कल्याणकारी समितिको अध्यक्षमा सुदिन मोहन भट्टराई चयन भएका छन् ।
समितिको शुक्रबार सम्पन्न साधारण सभा समितिको उपाध्यक्षमा सुजन ओझा, सचिवमा कविता भट्टराई, सहसचिवमा विपना गान्धारी र कोषाध्यक्षमा अनिषा तिवारी चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा दुर्गा बानिया, समिक्षा ण्काल, स्वछन्द आत्रेय, प्रताप बि.क, लक्ष्मी सुनार, रक्ष्मी अधिकारी, सागर तिवारी, विपना पौडेल र भावुक पौडेल चयन भएका छन् ।
त्यसैगरी समिक्षा थापा, मञ्जुखत्री र हेमा गौतम रहेको सांस्कृतिक उपसमिति, नम्रता सुवेदी, शोभा पौडेल र अर्पना वाग्ले सदस्य रहेको शिक्षा उपसमितिको समेत गठन गरेको छ ।
यसअघि साधारण सभाको उद्घाटन् गर्दै कलेज व्यवस्थापन समितिका अध्यक्ष सुमन भट्टराईले स्नातक र स्नाकोत्तरका कक्षाहरुमा विद्यार्थीलाई टिकाउने चुनौती रहेको बताए ।
अध्यक्ष भट्टराईले बैदेशिक अध्ययनको लहरले विश्वविद्यालयका स्नातक देखीका कार्यक्रमहरु प्रभावित हुने अवस्था रहेकाले त्यसलाई रोक्न समयमै सोच्नु पर्नेमा जोड दिए । अध्यक्ष भट्टराईले विद्यार्थी कल्याणकारी समिति र कलेज प्रशासनका विचमा नङ र मासुको जस्तै सम्वन्ध हुनु पर्नेमा जोड दिए ।
कल्याणकारी समितिका अध्यक्ष किशोर परियारको अध्यक्षतामा भएको कार्यक्रममा क्याम्पस प्रमुख यदुराज आचार्य, कलेज संचालक समितिका सदस्य बलराम ढकाल, सहायक क्याम्पस प्रमुख डिल्लीराम पौडेल, विद्यार्थी कल्याणकारी समितिका संस्थापक अध्यक्ष कमल गौतम, पूर्व विद्यार्थी एशोसियशनका अध्यक्ष रामकृष्ण लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए । समितिका उपाध्यक्ष सिम्रन रेग्मी लगायतले स्वागत र सचिव कविता तिमिल्सिनाले संचालन गरेका थिए । प्राध्यापक शिवचन्द्र घिमिरे संयोजक र उपप्राध्यापक जीवन भण्डारी र सत्यराज कंडेल सदस्य रहेको निर्वाचन समितिले निर्वाचन सम्पन्न गरेको थियो ।







पोखरा र जापानको ओत्सुकीबीच पर्यटन, प्रविधि र शिक्षामा सहकार्यको छलफल
पोखराका ११ वडाको भूमि वर्गीकरण सम्पन्न, अन्योल हटाउने महानगरको योजना
जिपिटिएको कर्मचारी क्षमता अभिबृद्वि कार्यक्रम
जेनजी आन्दोलनका बेला तोडफोडमा संलग्न रास्वपा नेतासहित ५ पक्राउ
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया