सीताराम केसी स्मृति पार्कलाई जग्गा दान

पोखरा । पोखरा १५ मितेरी टोलमा समाजसेवी सीताराम केसीको स्मृतिमा पार्क बन्ने भएको छ । उक्त पार्क मितेरी टोल विकास संस्थाको स्वामित्वमा रहनेछ । संस्थालाई पार्क निर्माण तथा सोही स्थानमा निर्मित बहुउद्येश्यीय सामुदायिक भवनका लागि लागि केसीको परिवारले साढे २ रोपनी जग्गा उपलब्ध गराएको हो ।
सीतारामकी पत्नी प्रेमकुमारी केसीले एक समारोहबिच उक्त भवन तथा जग्गा भोगचलन हस्तान्तरण पत्रमा हस्ताक्षर गरिन् । उनले पार्क निर्माण कार्यसमेत सुरुआत गरिन् । स्थानलाई सीताराम चोक, सिताराम मार्गसमेत नामकरण गरिएको छ ।
सीतारामका छोरा किरण केसीले समाज सेवामा बुवाको विशेष चासो रहेकाले उनको सपना साकार पार्न परिवारले उक्त सहयोग उपलब्ध गराएको बताए । ‘उहाँ उच्च सम्मान गर्नुपर्ने व्यक्ति हुनुहुन्थ्यो, समाज रुपान्तरणमा केही गर्नुपर्छ भन्ने सोंच राख्नुहुन्थ्यो, उहाँको त्यही विचारलाई सम्मान गरेका हौं,’ केसीले भने ।
सामुदायिक भवन निर्माण समितिका अध्यक्ष प्राडा नारायणप्रसाद अधिकारीले केसी परिवारको सहयोगप्रति धन्यवाद ज्ञापन गरिन् । वडा १५ का वडाध्यक्ष तोरणबहादुर बानियाँले केसीले समाज सेवामा पुर्याउनुभएको योगदानको चर्चा गर्दै दाता केसी परिवारप्रति आभार प्रकट गरे ।
संस्थाका अध्यक्ष मनमाया गुरुङको सभाध्यक्षमा भएको समारोहमा भवन निर्माण कार्यमा सहयोग गर्ने सहयोगीलाई सम्मान गरिएको थियो । संस्थामा उत्कृष्ट कार्य गरेवापत कोषाध्यक्ष यामप्रसाद गुरुङलाई विशेष सम्मान प्रदान गरियो ।
वडा १५ का सदस्य मन्दिर परियारले नयाँ कार्यालय सुरुआत गरे । समितिका सचिव हरिप्रसाद सापकोटाले सञ्चालन गरेको कार्यक्रममा प्रतिभा टोल विकास संस्था शुभकामना लीलाबहादुर थापा, समाजसेवी गंगाबहादुर खड्का, वडा १५ का सदस्य बलराम पौडेल लगायतले बोलेका थिए ।
मोतीलाल पोखरेलको अध्यक्षतामा मितेरी टोल विकास संस्थाको १३ सदस्यीय नयाँ कार्यसमिति गठन एको छ । यशोदा खड्काको अध्यक्षतामा ११ सदस्यीय मितेरी आमा समूह, कृष्ण गुरुङ (गोर्खे) को अध्यक्षतामा ९ सदस्यीय मितेरी स्पोर्टस क्लब गठन भएको छ ।









घान्द्रुक महोत्सव फागुनमा
कलामा ‘आर्ट इन हिमालय’
बाबुको पहिचान नभएकालाई पनि नागरिकता
विशेष महाधिवेशनको माहोल
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया