स्व. भागिरथीको स्मृतिमा सहयोग

लेखनाथ । कास्कीको पोखरा महानगरपालिका वडा नम्बर ३० की स्वर्गीय भागिरथी तिवारीको स्मृतिमा तिवारी परिवारबाट विभिन्न संघसंस्थालाई सहयोग गरिएको छ ।
९३ वर्षको उमेरमा गत मंसिर २४ गते स्वर्गीय भएकी तिवारीको स्मृतिमा परिवारको तर्फबाट करिब एक दर्जन सामाजिक संघसंस्थालाई सहयोग गरिएको हो । स्वर्गीय तिवारीले सामाजिक क्षेत्रमा पु¥याएको योगदान र उहाँ संलग्न भएका संस्थाहरूको सम्झना गर्दै परिवारको तर्फबाट आर्थिक सहयोग गरिएको नाति शम्भु पाण्डेले जानकारी दिएका छन् ।
स्वर्गीय तिवारीको १३औं दिनको पुण्यतिथिको अवसर पारेर शिसुवा ज्येष्ठ नागरिक समाजलाई ११ हजार ६ सय ९५, नागरिक परोपकार समन्वय संस्थालाई १० हजार, कृष्ण प्रणामी बाल तथा वृद्धाश्रम सहलेपाखालाई १२ हजार, ओम शान्ति शिशुवालाई १० हजार, लेखनाथ पत्रकार मञ्चलाई १० हजार, नर्मदेश्वर मोक्ष आश्रम मदौरेघाटलाई ५ हजार, ओमकारेश्वर शिव मन्दिर र त्रिनेत्रेश्वर शिव मन्दिरलाई ५ हजार सहयोग गरिएको हो ।








विन्ध्यवासिनी माविमा पुनः बाटाजूको नेतृत्व, शिअसंमा प्रेम
पोखरा ३३ मा ल्याण्डफिल साइटको विरोध, वडाध्यक्षले खुकुरी नचाए
कालिका आविको ३६औं वार्षिकोत्सव
कास्कीमा २ हजार ३०३ निर्वाचन प्रहरी माग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया