सामाजिक विषयको पाठ्यक्रमबारे छलफल

पोखरा । सामाजिक अध्ययन मञ्च, कास्कीको आयोजनामा सामाजिक अध्ययन विषयको परिमार्जित पाठ्यक्रम सम्बन्धमा एक दिने गोष्ठी तथा कार्यशाला सम्पन्न भएको छ ।
कार्यशालामा पाठ्यक्रम विकास केन्द्रकी सामाजिक विषयकी पाठ्यक्रम अधिकृत सरस्वती भट्टराइले सहजीकरण गरिन् । कास्कीबाट पाठ्यक्रम निर्माण कार्यदलमा रोस्टर तथा विषयविज्ञद्वय दिनेश अर्याल र गोविन्द काफ्लेको गोष्ठी तथा कार्यशालामा कास्कीबाट सुझाव संकलन गरिएको हो ।
सामाजिक विषयको परिमार्जित पाठ्यक्रममाथि सुझाव संकलनमा कास्कीका लेखक एवं शिक्षकहरु सूर्य गुरुङ, राजीव उपाध्याय, टेकनाथ पौडेल, मञ्चकी उपाध्यक्ष नारायणी शर्मा गौतमसँगै सामुदायिक र संस्थागत विद्यालयका ६० शिक्षकको उपस्थिति थियो ।
पाठ्यक्रम परिमार्जनमा सामाजिक अध्ययनलाई सरलीकृत गर्दै विद्यार्थीको उमेर क्षमता र वर्तमान आवश्यकता अनुसार आधारभूत विषयवस्तुमात्र समेटी जीवनोपयोगी सीप र नैतिक शिक्षालाई आधारभूत तहबाटै माध्यामिक तहसम्मै समाबेश गर्नुपर्ने सुझाव दिइयो । सो अवसरमा १६ सामाजिक अध्यापन गर्ने शिक्षकले अध्ययन मञ्च कास्कीको आजीवन सदस्यता लिएको मञ्चका सचिव तिलकप्रसाद काफ्लेले बताए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया