पोखराको गणेशटोलमा यःमरी महोत्सव तयारी

पोखरा । पोखराको गणेशटोलमा यःमरी महोत्सव हुने भएको छ ।
वडा कार्यालय ४ को आयोजना तथा नेवाः मिसा पुचः कास्कीको समन्वयमा पुस १३ गते पोखरामा उक्त प्रतियोगिता हुने आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो । वडाध्यक्ष देवकृष्ण पराजुलीले महोत्सव पोखरा ४ गणेश टोलको सडक क्षेत्रमा हुने बताए ।
महोत्सवमा यःमरी प्रदर्शनी तथा बिक्रीसहित विभिन्न नेवारी परिकारको प्रदर्शनी तथा बिक्री गरिने वडाध्यक्ष पराजुलीले बताए । वडामा रहेका कला, संस्कृति संरक्षणसँगै आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको उनले जानकारी दिए ।
महोत्सवमा यःमरीसहित बारा, सेलरोटी, समयबजी लगायतका परिकारका स्टल रहने नेवाः मिसा पुचः कास्की अध्यक्ष संगीता बज्राचार्यले बताइन् । त्यसबाहेक स्थानीयले उत्पादन गरेका मोजा, गलबन्दी लगायत जुत्ता, चप्पल तथा कपडाका स्टल पनि रहनेछन् ।
महोत्सवमा पशुपति शर्मासहित अन्य कलाकारको सांगीतिक प्रस्तुति रहनेछ । उक्त अवसरमा मौलिक धिमे र कुमारी नृत्य लगायत अन्य सांस्कृतिक झाँकीहरुको समेत प्रस्तुति हुनेछ ।









सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया