रवि लामिछानेको मुद्दा कान्छा न्यायाधीश राईको इजलासमा

पोखरा ।
सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण गरी ३ मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेको थुनछेक बहस सोमबार कास्की जिल्ला अदालतमा हुँदैछ । उनको मुद्दा न्यायाधीश नीतिज राईको इजलासमा परेको छ ।
राई नेपालका अदालतहरुमा बहालवाला न्यायाधीशमध्ये सबैभन्दा कान्छो उमेरका न्यायाधीश हुन् । न्यायाधीशमा परीक्षा उत्तीर्ण गरेर नाम निकालेपछि उनको पहिलो पोस्टिङ कास्कीमा भएको थियो । साउनदेखि कास्की अदालत आएका न्यायाधीश राईको अहिलेसम्मको करियरमा रविको मुद्दा नै सबैभन्दा ठूलो हो ।
अदालतमा सोमबार पहिला रवि लगायत प्रतिवादीहरुको बयान हुने छ । त्यसपछिमात्रै थुनछेक बहस अर्थात उनलाई जेलमा राखेर अनुसन्धान गर्ने कि छाडेर भन्नेबारे बहस हुने छ । रवि लगायतविरुद्ध आइतबारमात्रै मुद्दा दर्ता भएको हो ।
जिल्ला न्यायाधीशका लागि लोकसेवा आयोगले गत वैशाखमा लिएको खुला प्रतिस्पर्धात्मक परीक्षामा ८ जनामातै उत्तीर्ण भएका थिए । जब कि ४३ जिल्लाका लागि न्यायाधीशको दर्खास्त खुलेको थियो । आवेदन २०३ जनाले दिएका थिए । तर लिखित परीक्षा उत्तीर्ण गर्नेमात्रै ८ भए । तिनैमध्ये एक थिए नीतिज राई ।
तपाईको प्रतिक्रिया