सिटीवान टिभीको अध्यक्षमा पवनको निरन्तरता
समाधान संवाददाता
२०८१ पुष ८ गते ११:३८

पोखरा ।
सिटीवान टेलिभिजनको पाँचौँ साधारण सभा तथा तेस्रो अधिवेशनले अध्यक्षमा पवन प्रजापतिलाई निरन्तरता दिएको छ । उपाध्यक्षमा चिनु गुरुङ र राजेन्द्र ओझा, सचिव सुरेश श्रेष्ठ र कोषाध्यक्षमा विनोद भुजेल छन् ।
सदस्यमा सुनील गुरुङ, सुदीप प्रधानांग, सुस्मा थापा पाण्डे, सन्तोषकुमार श्रेष्ठ, वसन्त केसी र टिना थापा छन् । नेतृत्व चयनका लागि अधिवक्ता बिबी विष्ट संयोजक रहेको निर्वाचन समिति गठन भएको थियो । नवनिर्वाचित अध्यक्ष प्रजापतिले टेलिभिजनको स्थापनाकालीन लक्ष्य अनुसारै अबको कार्यसमितिले काम गर्ने जनाए ।
कार्यक्रममा टेलिभिजनकी प्रबन्ध निर्देशक अनिशा श्रेष्ठले टेलिभिजनको सञ्चालन प्रक्रिया र टेलिभिजनले आगामी वर्षमा लिनुपर्ने रणनीतिक योजनाबारे प्रकाश पारिन् । स्टार नेपाल मिडिया हव गण्डकी प्रदेश केन्द्रीत गरी सिटीवान टेलिभिजन सञ्चालन गरेको छ ।
सम्बन्धित








सडक नभएको छेकम्पारमा गुड्छन् स्कुटर र ट्र्याक्टर
तनहुँमा छैटौँ आदिवासी जनजाति सांस्कृतिक महोत्सव सुरु
‘आर्ट इन हिमालय’ आजदेखि
कोरलाबाट आयात–निर्यात घट्यो
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया