लेखनाथ सहकारीको अन्तक्र्रिया
समाधान संवाददाता
२०८१ पुष ८ गते १२:१९

लेखनाथ ।
पोखरा २६ अर्घौबजारमा रहेको लेखनाथ बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिबार अन्तक्र्रिया भएको छ ।
कार्यक्रममा संस्थाका अध्यक्ष हरिबहादुर जिसीले संस्थाभन्दा बाहिर सञ्चालन हुने सहक्रियाकलापले सदस्यको चौतर्फी विकास हुने बताए ।
उनले संस्थालाई अगाडि बढाउन तालिम गोष्ठी तथा वनभोज कार्यक्रम सामूहिक क्रियकलापले सदस्यलाई सामाजिकीरण हुन सहयोग पुग्ने भएकाले सहक्रियाकलाप निरन्तर आवश्यक रहेको जनाए ।
संस्थाका सचिव शिवप्रसाद भण्डारीले संस्थाका समिति र सेयर सदस्यका बिच हुने विभिन्न सहभागिता रहेको वनभोजमा सदस्यले प्रतिभा प्रदर्शन र एकताको सन्देश जाने उल्लेख गरे । ।
खेलकुद संयोजक राजेन्द्र जिसीले सदस्यबिच कुर्ची दौड, वेलन फुटाइ, रसाकस्सी, घैटो फुटाउने र खुला नृत्य लगायतका कार्यक्रम भएको जानकारी दिए ।
सम्बन्धित









बागलुङमा एकल सांस्कृतिक साँझ तयारी
‘मृत्यु यस्तो हुनु हुँदैन’ २७ गतेसम्म चल्ने
‘स्पेसियल अवार्ड’ वापतको १ लाख रुपैयाँ सहारा र एलजीलाई प्रदान
घान्द्रुक महोत्सव फागुनमा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया