रजत जयन्ती मनाउँदै माउन्ट होली

पोखरा । पोखरा २९ भण्डारीढिकमा रहेको होली माउन्ट अंग्रेजी माविले रजत जयन्ती मनाउने भएको छ । स्थापनाको २५ वर्ष पुगेको उपलक्ष्यमा विविध कार्यक्रम आयोजना गरी रजत जयन्ती मनाउन लागेको विद्यालयका संस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपानेले जानकारी दिए । माघ १९ गते रजत जयन्ती मनाउने तयारी छ ।
सो अवसरमा वृक्षरोपण, चित्रकला, वृद्धाश्रम अनाथालयमा सहयोग, स्वास्थ्य शिविर, सम्मान, पुरस्कार वितरण तथा विविध सांस्कृतिक कार्यक्रम गरिनेछ ।
विद्यालयले सोमबार जिल्ला स्तरीय अन्तर विद्यालय चित्रकला प्रतियिोगिता गरेको छ । प्रतियोगितामा २४ विद्यालयका ४७ जना तथा विद्यालयको आन्तरिकतर्फ ४६ जनाको सहभागिता छ ।
प्रतियोगितामा लक्ष्मी आदर्श माविकी रोशनी सुनार प्रथम, सोही विद्यालयकी विद्या परियार द्वितीय, रिलायन्स पब्लिक माविकी सृष्टि नेपाली तृतीय तथा युनिभर्स माविका आयान रायमाझी, बिएमजी माविका अर्पन राई र शिशु कल्याण माविकी सुमी गुरुङ सान्त्वना भए ।
विद्यालयको आन्तरिकतर्फ सौगात सुनार प्रथम, प्रदीप मगर द्वितीय, दियस पुन तृतीय तथा श्रेया गुरुङ, सविन सुनार र सुभम सुनार सान्त्वना भए । विजयी विद्यार्थीलाई माघ १९ गतेको कार्यक्रममा पुरस्कार प्रदान गरिनेछ ।
प्रतियोगिता संयोजकमा नगेन आर्ट एकेडेमीका निर्देशक नगेन सिंह ठकुरी थिए । विजयी विद्यार्थीलाई नगेन आर्ट एकेडेमीमा कक्षा लिन आउँदा २५ देखि ७५ प्रतिशतसम्म छुट दिने ठकुरीले सुनाए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष सन्तोषकुमार गुरुङको अध्यक्षतामा भएको कार्यक्रममासंस्थापक प्रिन्सिपल तोलाकान्त न्यौपाने र कार्यक्रम संयोजक जनक जमरकट्टेलले पनि बोलेका थिए । २०५६ मा स्थापना भएको यो विद्यालयमा ह५ सय विद्यार्थी र ४२ शिक्षक, कर्मचारी छन् ।









नेपाली कांग्रेसले नैतिकताको बन्धन तोडेर स्वतन्त्र बनाएपछि रास्वपामा आएँ : कुमार खड्का
रास्वपाको लक्ष्य १५१ सिट : रास्वपा उपसभापति डा. वाग्ले
बागलुङका ४९ स्वास्थ्य संस्थालाई स्वास्थ्य सामग्री सहयोग
लौरुक खोलामा मोटरेवल पुल शिलान्यास
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया