लेखनाथ कुटानी पिसानी व्यवसायीको सभा

लेखनाथ ।
लेखनाथ कुटानी पिसानी व्यवसायी समिति पोखरा–२७ को ११ औं वार्षिक साधारण सभा तथा वनभोज कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले संस्था सम्पूर्ण उद्योगी व्यवसायीहरुको साझा संस्था भएको बताउँदै संस्थागत सदस्यको रुपमा आवद्ध हुन आग्रह गरे । उनले उद्योग वाणिज्य संघले पोर्खेली ‘जेठो बुढो’ चामललाई ब्रान्डिङ गरेको उल्लेख गर्दै व्यवसायीहरुले गुणस्तरमा प्रतिस्पर्धा गर्नुपर्नेमा जोड दिए ।
संस्थाका संस्थापक अध्यक्ष रामजी पौडेलले लेखनाथ क्षेत्रमा १७० भन्दा बढी मिल रहेको जानकारी गराउँदै यस क्षेत्रमा उत्पादन हुने ‘जेठो बुढो’ धान, पोर्खेली मसिनो, र कोदो खेतीलाई पेसागत ब्रान्डिङ गर्नुपर्ने आवश्यकता औंल्याए ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद लामिछानेले संस्थाका विभिन्न कार्यक्रम र कार्ययोजनालाई समयसापेक्ष परिमार्जन गर्दै व्यवसायमा आधुनिकीकरण गर्ने प्रयासमा आफू लागिपरेको र सम्पूर्ण कुटानी पिसानी व्यवसायीहरूको शीर कहिल्यै नझुक्ने गरी सबैलाई समेटेर कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा होटल तथा रेस्टुरेन्ट एसोसिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल, वडा नम्बर ३१ का वडा सदस्य देवेन्द्र अधिकारी, लेखनाथ निर्माण व्यवसायी संघका अध्यक्ष भीमबहादुर नेपाली, लेखनाथ हार्डवेयर एसोसिएसनका अध्यक्ष अर्जुन पँगेनी, संस्थाका उपाध्यक्ष सुदनराज अधिकारी, पूर्व अध्यक्ष टीकाराम भुर्तेललगायतले बोलेका थिए ।
उक्त अवसरमा संस्थालाई अगाडि बढाउन योगदान पुर्याउने संस्थापक सदस्य विजय श्रेष्ठ, संस्थापक अध्यक्ष रामजी पौडेल र पूर्व अध्यक्ष कृष्णबहादुर अधिकारीलाई कार्यक्रममा सम्मान गरिएको थियो । कार्यक्रम सञ्चालन सचिव कृष्णप्रसाद पौडेलले गरेका थिए ।









कविता गाउँमा विनोदको सम्झना
भेनेजुएलाको दुर्लभ खनिजमा अमेरिकी आँखा
एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया