शिवालय टोलमा चिरञ्जीवीको नेतृत्व

लेखनाथ ।
शिवालय टोल विकास संस्था पोखरा ३० मोहरियाको अध्यक्षमा चिरञ्जीवी तिवारी निर्वाचित भएका छन् । बुधबार भएको साधारण सभा तथा अधिवेशनबाट उपाध्यक्षमा भगवती अधिकारी, सचिव शोभा न्यौपाने र कोषाध्यक्षमा गुणप्रकाश बञ्जारा जुनिए ।
सदस्यमा विष्णुप्रसाद भट्टराई, पुष्पा कँडेल र राधिका बञ्जारा निर्वाचित भए । कार्यक्रममा पोखरा ३० का वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीले वडामा अब बाटोघाटो, बिजुली, खानेपानी निर्माणभन्दा पनि मनकामना मन्दिरलाई धार्मिक पर्यटनसँग जोड्नुपर्नेमा जोड दिए ।
संस्थाका अध्यक्ष चिरञ्जीवी तिवारीले २०६१ सालमा स्थापित संस्थालाई अब्बल बनाउन लाग्न जनाए । सभामा कोषाध्यक्ष गुणप्रसाद बञ्जाराले कोषाध्यक्षको प्रतिवेदन र सचिव शोभा शर्मा न्यौपानेले प्रगति प्रतिवदेन पेश गरेका थिए । कार्यक्रममा वडा सदस्यहरु विनोदप्रसाद लामिछाने र उमा परियारले पनि बोलेका थिए ।








‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया