चित्रकलामा मनिका पहिलो

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघले पुस १८ देखि माघ १ गतेसम्म गर्ने २० औं संस्करणको लेखनाथ महोत्सव अन्तर्गत बिहीबार विद्यालय स्तरीय चित्रकला प्रतियोगिता भएको छ । प्रतियोगितामा डायमन्ड माविकी मनिका शाही प्रथम, रिलायन्स पब्लिक स्कुलकी मनिसा गुरुङ द्वितीय, सिर्जना बहिरा माविका सनम गुरुङ तृतीय र विश्वशान्ति माविका सुर्जल गुरुङ सान्त्वना भए ।
प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः नगद ७ हजार, ५ हजार, ४ हजार र ३ हजार प्रदान गरिनेछ भने सहभागी सबैलाई प्रमाणपत्र दिइनेछ । पुरस्कार वितरण महोत्सवमा गरिने विद्यालयस्तरीय कार्यक्रम उपसमिति संयोजक एलपी ढुंगानाले जानकारी दिए ।
प्रतियोगितामा १२ विद्यालयका २७ विद्यार्थी सहभागी थिए । प्रतियोगीलाई पोखराको कृषि र पर्यटनसँग सम्बन्धित चित्र कोर्न भनिएको थियो । निर्णायमा डिबी गुरुङ, मिलन शेरचन र झविन्द्र गुरुङ थिए ।
महोत्सवमा विद्यार्थी लक्षीत शैक्षिक प्रर्दशनी, विज्ञान प्रर्दशनी, विद्यालय स्तरीय नृत्य प्रतियोगिता लगायतका कार्यक्रम पनि हुने छन् । विद्याथीरुलाई महोत्सव अवलोकनका लागि परिचयपत्रका आधारमा टिकटमा छुटको समेत व्यवस्था गरिएको छ ।
कार्यक्रममा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यक्ष पद्मराज ढकालले चत्रकला प्रतियोगिताले विद्याथीको सृजनात्मक क्षमताको विकास गराउने जनाए । लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठले चित्रकला सँगसँगै महोत्सवमा विद्यार्थी लक्षित अन्य कार्यक्रम पनि हुने जनाए ।
कार्यक्रममा संघकी महासचिव जानुका पराजुली र वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले पनि बोलेका थिए ।









कांग्रेसमा चर्कियो विशेष महाधिवेशनको किचलो : कार्यवाहक सभापतिले बुझेनन् ध्यानाकर्षण पत्र
एपीएफ क्लबलाई ३३औँ त्रिवेणी कपको उपाधि
नक्कली नोट छाप्ने मेसिन र उपकरणसहित पक्राउ
हेड्स नेपालको विद्यार्थीलाई सहयोग
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
तपाईको प्रतिक्रिया