सुजलको निबन्ध र कविता प्रतियोगिता

पोखरा । सुजल डेरी प्रालिको २० औं वार्षिकोत्सव समारोहमा निबन्ध तथा कविता लेखन प्रतियोगिता भएको छ । नेपालको प्रतिष्ठित औद्योगिक घराना लक्ष्मी ग्रुपको भातृ संस्था डेरीमा शुक्रबार प्रतियोगिता भएको हो ।
निबन्ध प्रतियोगितामा छोरेपाटन माध्यमिक विद्यालयकी ओजस्वी पौडेल प्रथम, डायमन्ड माध्यमिक विद्यालयका विनायक न्यौपाने द्वितीय, शिशु निकेतन माध्यमिक विद्यालयका सुगम आचार्य तृतीय र बालोदय माविकी लक्ष्मी पौडेल र बाल मन्दिर माध्यमिक विद्यालयकी समीक्षा पौडेल सान्त्वना बने ।
‘आमा, म दूध पिउँछु’ शीर्षकका निबन्ध प्रतियोगितामा भएको थियो । सोही शीर्षकमा भएको कविता प्रतियोगितामा डायमन्ड माध्यमिक विद्यालयका अपूर्व पौडेल पहिलो, हिल प्वाइन्ट बोर्डिङ स्कुलकी मेनुका नेपाली दोस्रो, कुमुदिनी होम्स माविकी सलिना खत्री तेस्रो र जनप्रिय माविकी सचिना रेग्मी र छोरेपाटन माविकी संस्कृति सुवेदी सान्त्वना ठहरिए ।
निर्णायक संयोजकमा कवि रमेश श्रेष्ठ र सदस्यहरुमा सहप्राध्यापकद्वय कृष्णप्रसाद पौडेल र सुरज पौडेल र साहित्यकार अमृत क्षेत्री थिए । लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनीलकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा डा. लक्ष्मण ढकाल र कृष्णप्रसाद गौतमले पनि बोलेका थिए ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया