पोखरामा मगर सांस्कृतिक महोत्सव तयारी

पोखरा । नेपाल मगर संघ गण्डकीले पोखरामा गण्डकी प्रदेश स्तरीय मगर सांस्कृतिक महोत्सव २०८१ गर्न लागेको छ । नेपाल मगर संघ कास्कीसँगको समन्वयमा पुस १९ गते पोखरा सभागृहमा महोत्सव गर्न लागेको गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापाले जानकारी दिइन् ।
महोत्सवमा गण्डकी प्रदेशका १० जिल्लाका मगर समुदायका मौलिक सांस्कृतिक गीत तथा नृत्यहरु प्रस्तुत हुने छन् । अध्यक्ष थापाका अनुसार महोत्सवमा गण्डकी प्रदेशका विभिन्न जिल्लाका मगर समुदायका प्रचलित कौराहा/कानराहा, झ्याउरे/झाबुरा, कृष्णचरित्र, यानीमाया, पुख्यौली सोरठी, सालैजो, थाली नाँच, ज्यूमामै, मारुनी, भुम्या लगायतका परम्परागत लोकनृत्यहरु देखाइने छ ।
‘मगर समुदायको भाषा संस्कृति, धर्म भेष भुषाको संरक्षण, सम्बद्र्धन र पुस्ता हस्तान्तरणका लागि महोत्सव आयोजना गरिएको हो,’ उनले भनिन्, ‘महोत्सवले विभिन्न जातजाति र भाषा समुदायहरु बीच सहिष्णुता, एकता र आपसी सम्बन्धलाई प्रगाढ बनाउनुका साथै आन्तरिक पर्यटन प्रवद्र्धनका लागि योगदान पुर्याउने छ ।’ उनले मगर सांस्कृतिक महोत्सवले संस्कार संस्कृति पुस्तान्तरण र खोज अनुसन्धानमा सहयोग पुग्ने विश्वास व्यक्त गरिन् ।
अध्यक्ष थापाले महोत्सवमा गण्डकी प्रदेशका १० जिल्लाका ३ सय ६५ बढी कलाकार सहभागी हुने र १० हजार बढी दर्शक सहभागी हुने दाबी गरिन् । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले महोत्सवको उद्घाटन गर्ने कार्यक्रम छ ।
बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताले भरिएको नेपालमा कुल जनसंख्याको आधारमा मगर समुदाय तेस्रो स्थानमा छ । आदिवासी जनजातिहरुमा जनसंख्याको हिसाबले पहिलो स्थानमा रहेको मगर समुदायको प्रदेशका ११ जिल्लामा बसोबास रहेको छ ।









‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया