गण्डकी बोर्डिङमा भूपी जयन्ती

पोखरा । पोखरास्थित गण्डकी बोर्डिङ स्कुलमा साहित्यकार भूपी शेरचनको जन्मजयन्ती कविता लेखन तथा वाचन कार्यक्रम भव्यताका साथ मनाइएको छ । विद्यालयका संस्थापक सदस्यसमेत रहेका शेरचनको स्मरण र सम्मानमा ८९ औँ जन्मजयन्तीको अवसर पारी कार्यक्रम आयोजना गरिएको थियो ।
विद्यालयको स्थापना र विकासमा महत्त्वपूर्ण योगदान पुर्याएका शेरचनको स्मृतिमा विद्यालयले आयोजना गरेको भूपी कविता लेखन तथा वाचन कार्यक्रम तयार गरी विद्यालयका कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीलाई प्रतिस्पर्धामा सहभागी गराएको थियो । प्रतियोगितामा समावेश उत्कृष्ट ५ कविता कार्यक्रममा छात्रछात्राले वाचनसमेत गरेका थिए ।
कार्यक्रको सञ्चालन नेपाली भाषा विभागका शिक्षक सोमनाथ सुवेदीले गरेका थिए । कार्यक्रमा नेपाली भाषा विभाका विभागीय प्रमुख केदार ढकालले कवि भूपीको योगदानको चर्चा गर्दै सम्मानस्वरूप कविता वाचनसमेत गरेका थिए ।
कार्यक्रममा विद्यालयमा कक्षा सातमा अध्ययनरत छात्रा अनास्तासिया थापाले साहित्यकार शेरचनको जीवनी वाचन गरिन् । कार्यक्रमा बोल्दै विद्यालयका प्राचार्य डाक्टर विश्वयुधीर पौडेल घर्तीले शेरचनको साहित्यिक व्यक्तित्त्व र विद्यालय स्थापनामा उनले पुर्याएको योगदानको स्मरण गरे । उनले स्रष्टाको सम्मानमा विद्यालयले वार्षिक रूपमा यो कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जाहेर गरे ।









‘अटेरी’ अभियन्ता गनेस पौडेल रास्वपा केन्द्रीय सदस्य मनोनीत
एनएसजेएफ पल्सर स्पोर्टस अवार्डको सचिवालय उद्घाटन
२ सरकारी कार्यालयको एकीकृत सेवा
सामाजिक विकास तथा कृषि समितिको बैठक आज
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
कुर्सी छोडेर राजस्व ‘काउन्टर’ मा वडाध्यक्ष
तपाईको प्रतिक्रिया