लत्ताकपडा र खाद्यान्न वितरण

पोखरा । लायन्स क्लब अफ पोखरा ग्यालेक्सीको आयोजनामा पोखरास्थित आशा भवन सुधार गृहमा आश्रित व्यक्तित्वहरुका लागि निशुल्क लत्ताकपडा तथा खाद्यान्न सामग्री वितरण गरिएको छ । उक्त केन्द्रमा मदिरा तथा लागु औषधको लतमा परेका व्यक्तिहरुलाई जीवन पुनःस्थापनाको उद्देश्यले राखिने गरिएको छ । जसवापत केन्द्रले कुनै शुल्क लिँदैन ।
विभिन्न दाताबाट उपलब्ध सहयोगबाट सञ्चालित उक्त केन्द्रका लागि क्लबका सदस्यबाट स्वस्फुर्तरुपमा सहयोग उपलब्ध गराइएको हो । कार्यक्रममा डिस्ट्रिक्ट ३२५ के नेपालका इमर्जेन्सी फण्ड म्यानेजमेन्ट चिफ एवं क्लबका संस्थापक अध्यक्ष होमविलास सापकोटा, कार्यक्रम संयोजक एवं क्लबका निवर्तमान अध्यक्ष अम्बरबहादुर थापा, क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थित थियो । उक्त अवसरमा क्लबले उपलब्ध गराएको सामग्री आशा भवन पोखराका निर्देशक जिग्मी शेर्पालाई लायन्स क्लब अफ पोखरा ग्यालेक्सीका अध्यक्ष राजेन्द्र आचार्यलगायतबाट हस्तान्तरण गरिएको थियो ।








भेनेजुएलाको दुर्लभ खनिजमा अमेरिकी आँखा
एन प्याब्सन कास्कीका पूर्व अध्यक्ष शर्माको निधन
भरियादेखि ट्रेकिङ कम्पनी मालिकसम्म
होमस्टेले फेरिएको कालाबाङ
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया