सामुदायिक विद्यालय क्लस्टरका प्रअलाई तालिम

पोखरा । सामुदायिक विद्यालय क्लस्टर (साविक) कास्कीमा आवद्ध विद्यालयका प्रधानाध्यापक तथा सहायक प्रधानाध्यापकहरूका लागि नेतृत्व विकास तालिम शनिबार शीतलादेवी सामुदायिक माध्यमिक विद्यालयमा भएको छ ।
साविक कास्कीका अध्यक्ष केशवप्रसाद अम्गाईंको अध्यक्षतामा सम्पन्न तालिममा पूर्व शिक्षा सचिव डा. खगराज बरालले सहजीकरण गरेका थिए । कार्यक्रममा बरालले प्रधानाध्यापकहरूले पालना गर्नुपर्ने नीतिगत व्यवस्थाका बारेमा जानकारी गराएका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीको शैक्षिक गुणस्तर बृद्धिका लागि शिक्षक, विद्यार्थी र अभिभावकले कस्ता भूमिका निर्वाह गर्नुपर्ने हो भन्ने विषयमा बरालले प्रशिक्षण दिएका थिए । उनले सिकाइका लागि शिक्षकसँग सबै कुरा छ ।
त्यसको प्रयोग कसरी गर्न सकिन्छ भन्नेमा तालिममा जानकारी गराएका थिए । तालिममा शीतलादेवी सामुदायिक विद्यालयका विद्यालय व्यवस्थापन अध्यक्ष टीकाबहादुर कार्कीले विद्यालयको नेतृत्व समयानुकुल परिवर्तनशील हुनुपर्ने बताए ।
उनले विद्यालयलाई कसरी अगाडि बढाउने भन्नेमा प्रधानाध्यापकको बिशेष भूमिका हुने बताए । प्रधानाध्यापक कठोर भावनाको भन्दा पनि सबैलाई समेटेर जाने विचारको हुनुपर्ने उनको विचार थियो ।
कार्यक्रममा शीतलादेवी सामुदायिक विद्यालयका प्रधानाध्यापक बाबुराम अधिकारीले स्वागत मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सामुदायिक विद्यालय क्लस्टर (साविक) कास्कीका सचिव तालवाराही माध्यमिक विद्यालयका प्रधानाध्यापक ताराप्रसाद पोखरेलले गरेका थिए । तालिममा क्लस्टर विद्यालयका साठीजना शिक्षकको उपस्थिति रहेको थियो । तालिममा सहभागीका लागि खाजा तथा सामग्रीको व्यवस्थापन शीतलादेवी सामुदायिक विद्यालयले गरेको थियो ।









पोखरामा पल्सर स्पोर्ट्स अवार्डको तयारी पूरा : पहिलोपटक उपत्यकाबाहिर हुँदै, विश्वकप ट्रफी प्रदर्शन
काठमाडौं महानगरका पूर्वप्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारसहित ७ जनाले पाए भ्रष्टाचार मुद्दामा सफाइ
नाटक ‘मृत्यु यस्तो हुनुहुँदैन’ मञ्चनको तयारी
रामकोटमा पोखरा मिडटाउनको शिविर
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया