मनाइयो लेखनाथ जयन्ती, कुन्तिदेवी साहित्य पुरस्कार प्रतीक्षालाई

समाधान संवाददाता २०८१ पुष १६ गते ५:५२

लेखनाथ । कवि शिरोमणि लेखनाथ पौड्यालको १४१ औं जन्मजयन्तीका अवसरमा सोमबार विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको छ ।

Advertisement

कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मजयन्तीका अवसरमा कवि शिरोमणि लेखनाथ पौड्याल जन्मस्थल विकास समिति, लेखनाथ साहित्य प्रतिष्ठानको आयोजनामा कवि शिरोमणिको जन्मस्थल अर्घौ अर्चलेमा आयोजित कार्यक्रममा साहित्यिक स्रष्टा, पत्रकार, विद्यार्थी लगायतलाई सम्मान गरिएको हो ।

कार्यक्रममा लेखनाथ साहित्य पुरस्कारबाट साहित्य अन्वेषक प्राडा दयाराम श्रेष्ठ (सम्भव) लाई सम्मान गरिएको छ । उनलाई ५० हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रबाट पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, नेपाल नाट्य तथा संगीत प्रज्ञा प्रतिष्ठानका पूर्व कुलपति सरुभक्तले संयुक्त रुपमा सम्मान गरेका हुन् ।

Advertisement

यसैगरि कुन्तिदेवी साहित्य पुरस्कारबाट साहित्यकार सरस्वती प्रतीक्षालाई सम्मान गरिएको छ । उनलाई २५ हजार रुपैयाँ नगद, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

चन्द्रकान्त ढकालको स्मृतिमा स्थापित एवम् लेखनाथ साहित्य प्रतिष्ठानद्वारा सञ्चालित लेखनाथ सांस्कृतिक पुुरस्कारबाट लोकदोहोरी गायक शिवहरि ढुङ्गानालाई पुरस्कृत गरिएको छ । उनलाई २५ हजार रुपैयाँ नगद सहित दोसल्ला र सम्मापत्र प्रदान गरि पुरस्कृत गरिएको हो ।

Advertisement

यसैगरि मधुुमाया शिक्षा पुरस्कारबाट जनज्योति माविमा यस वर्षको एसइईमा प्रथम हुने करुणा गौतमलाई १० हजार नगदसहित सम्मान गरिएको छ । लेखनाथ पत्रकार मञ्चद्वारा स्थापित लेखनाथ पत्रकारिता पुरस्कारबाट ऋषिकान्त पौडेल र शेर विष्णुुमाया गुुरुङ लेखनाथ पत्रकारिता पुरस्कारबाट दीपक परियारलाई सम्मानित गरिएको छ । पौडेललाई नगद ११ हजार एक सय ११ रुपैयाँ र परियारलाई ५ हजार रुपैयाँ नगद सहित, दोसल्ला र सम्मानपत्रबाट सम्मान गरिएको हो ।

तपाईको प्रतिक्रिया