अंग्रेजी हिज्जेमा विन्ध्यवासिनी मावि प्रथम

समाधान संवाददाता २०८१ पुष १९ गते १९:२९

पोखरा । सामुदायिक विद्यालय क्लस्टर स्तरीय अंग्रेजी हिज्जे प्रतियोगितामा बाटुलेचौरको विन्ध्यवासिनी मावि प्रथम भएको छ ।

विन्ध्यवासिनी मावि बाटुलेचौरले आयोजना गरेको प्रतियोगितामा सो विद्यालयका निकिता भट्टराई, कृवास गुरुङ र दिल्सन आचार्यको समूह प्रथम, वाल मन्दिर मावि नदीपुरका रक्षा शर्मा, अनिल श्रेष्ठ र कुशल भेटाल द्वितीय, भद्रकाली माविका प्रेरणा परियार, सिजन ढेवाजु र सोनु थापा तृतीय तथा शुक्रराज बलभद्र मावि छिनेडाँडाका रोहित नेपाली, तेज बराइली र विनेश श्रेष्ठले सान्त्वना स्थान प्राप्त गरेको कार्यक्रम संयोजक शिक्षक निर्मल भण्डारीले जानकारी दिए ।

विजयी विद्यार्थीलाई पोखरा–१६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिना, विद्यालयका सहायक प्रधानाध्यापक रामबहादुर बानिया, र कार्यक्रम संयोजक निर्मल भण्डारीले नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरे ।

Advertisement

यसअघि कार्यक्रमको उदघाटन गर्दै वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले विद्यार्थीको मानसिक तथा व्याकरणीय विकास गराउन कार्यक्रम फलदायी रहेको बताए ।

विद्यालयका सहायक प्रधानाध्यापक रामबहादुर वानियाको अध्यक्षतामा भएको कार्यक्रममा अंग्रेजी विषयका शिक्षक नारायण पौडेल, निर्णायक टिमका सरोजनी अर्याल देवकोटा, सुन्दर प्रधान, आधारभूत तह इन्चार्ज महेन्द्रप्रसाद पौडेललगायतले क्लस्टरले विभिन्न समयमा विद्यार्थी केन्द्रित कार्यक्रम गर्दै आएकोमा खुसी व्यक्त गरे । कार्यक्रमको सञ्चालन आधारभूत तहका इन्चार्ज महेन्द्रप्रसाद पौडेलले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया