एक हप्तादेखि तुलसी पोखरेल सम्पर्कविहीन
समाधान संवाददाता
२०८१ पुष २१ गते १२:०५

पाेखरा ।
मोरङ कटहरी गाउँपालिका–४ का ३६ वर्षीय तुलसी पोखरेल पुष १३ गते बिहानदेखि सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार, उनले बिहान करिब ८ः१५ बजेतिर घरमा थाह नदिई घरबाट निस्किएका थिए ।
उनले प्रयोग गर्ने मोबाइल फोन घरमै छोडेर हिँडेका कारण उनको अवस्थाबारे कुनै जानकारी हुन नसकेको उनका बुवा इन्द्रप्रसाद पाेखरलेले बताएका छन् ।
तुलसीको परिवारले प्रहरी चौकी कटहरीमा निवेदन दर्ता गरी खोजीका लागि सहयोग मागेका छन् । उनका आफन्त तथा साथीभाइकोमा खोजी गर्दा समेत कुनै सूचना प्राप्त नभएको परिवारले जनाएको छ ।
परिवारले प्रहरीसँग खोजीको प्रक्रिया तीव्र बनाउन आग्रह गरेको छ । साथै, हराएको व्यक्तिबारे जानकारी हुने जोसुकैले नजिकको प्रहरी कार्यालयमा वा ९८४२४८५७३३ नम्बरमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।
सम्बन्धित









सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया