गाउँ विकास सहकारीको सभा

पोखरा ।
गाउँ विकास समाज बहुमुखी सहकारी पोखरा–१६ बाटुलेचौरको २६ औं साधारणसभा भएको छ । सहकारीले सामाजिक सेवा सम्मानबाट समाजसेवी पुष्पराज अधिकारी र सहकारी विकासमा योगदान पुर्याएका दुर्गालाल श्रेष्ठलाई सम्मान गरेको छ ।
उनीहरुलाई कार्यक्रममा पूर्ववडाध्यक्ष दानबहादुर बानियाँ, सल्लाहकार दुर्गा केसी, अध्यक्ष कर्णबहादुर खड्का र संस्थापक अध्यक्ष कुञ्जराज थापाले मायाको चिनो, सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान गरे । कार्यक्रममा सहकारीले उत्कृष्ट बचतकर्ता हरिकुमारी गुरुङ, उत्कृष्ट कारोबारकर्ता हिमलाल पौडेल र दैनिक बचतकर्ता कृष्ण थापालाई पनि सम्मान गरेको सहकारीका व्यवस्थापक मोहनबहादुर थापाले जानकारी दिए ।
यसअघि सभाको उद्घाटन गर्दै पूर्ववडाध्यक्ष दानबहादुर बानियाँले सहकारीको सिद्धान्त र सेयर सदस्यको समन्वयमा सञ्चालित सहकारी सदैव उत्कृष्ट रहने बताए ।
सहकारीका अध्यक्ष कर्णबहादुर खड्काको अध्यक्षतामा भएको कार्यक्रममा संस्थापक अध्यक्ष कुञ्जराज थापा, गरिमा विकास बैंक बाटुलेचौर शाखा प्रमुख सुरज बराल, बाटुलेचौर कालिलेक सहकारीका अध्यक्ष वसन्त तिमिल्सिना, हितैषी सहकारीका अध्यक्ष मदन आचार्य, ऋण उपसमितिका संयोजक गोविन्दबहादुर थापा, ऋण असुली उपसमितिका संयोजक बलबहादुर थापा, सहकारीका सल्लाहकार चित्र थापा, मैदान आमा समूहका अध्यक्ष ज्योति बस्नेत र सहकारीका व्यवस्थापक मोहनबहादुर थापाले सहकारीका विषयमा बोलेका थिए ।
तपाईको प्रतिक्रिया