असल अभ्यास बुझ्न घरपझोङको भ्रमण

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिकाले एक हप्ते अध्ययन भ्रमण आयोजना गरेको छ । अन्य स्थानीय तहका असल अभ्यास र विकासका मोडेल अध्ययन भ्रमण आयोजना गरिएको हो । घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले हेटौंडा उपमहानगरपालिका, व्यास नगरपालिका र इलामको रोङ गाउँपालिकासँग छलफल गरी अनुभव आदानप्रदान र असल अभ्यासहरु अवलोकन गरिएको जनाए ।
लालचनले भने, ‘हामीले अन्य स्थानका कार्यसम्पादन, सामाजिक न्याय, शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र जैविक विविधताका बारेमा थुप्रै कुरा सिकेका छौं ।’ ३३ जनाको टोलीमा जनप्रतिनिधि, कर्मचारी र पत्रकार थिए ।
पालिका उपाध्यक्ष जमुना थकालीले अन्य पालिकाबाट सिक्न र त्यसलाई लागू गरी समृद्धि हाँसिल गर्न भएको भ्रमण सार्थक बनेको सुनाइन् । प्रमुख प्रशासकीय अधिकृत वेदहरि अधिकारीले भ्रमणले कर्मचारी र जनप्रतिनिधिको कार्य क्षमता विकासमा मद्दत गर्ने विश्वास व्यक्त गरे । टोलीले हेटौंडा उपमहानगरपालिकामा भएका असल अभ्यासबारे पनि जानकारी लिएको थियो ।








सुशासन र विकासका लागि बीपीको मेलमिलाप नीति अपरिहार्य : विचार समाज
पोखरामा आजदेखि ४ दिन बिहान ५ घण्टा लाइन जाने
कांग्रेसको नियमित महाधिवेशन स्थगित : आन्तरिक विवाद बढ्ने संकेत
कुस्माको ज्येष्ठ नागरिक भवन निर्माणमा १ करोड १३ लाख भ्रष्टाचार : पूर्वप्रमुख प्रशासकीय अधिकृत कुमानसिंह सहित ४ विरुद्ध मुद्दा
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
तपाईको प्रतिक्रिया