लायन्स अन्नपूर्णको चार्टर नाइट

समाधान संवाददाता २०८१ पुष २३ गते १६:३०

पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्णको ३८औं चार्टर नाइट भएको छ । कार्यक्रमको शुभारम्भ डिष्ट्रिक गर्भनर लायन मिलन थापाले गरिन् । यो क्लबले विद्यालयमा खानेपानी ट्यांकी निर्माण, छात्रवृत्ति, स्वास्थ्य शिविर, खेलकुद र वातावरणीय कार्यक्रमहरूमा उल्लेखनीय योगदान गरेको बताए ।

Advertisement


सो अवसरमा संस्थापक सदस्यहरू आजाद श्रेष्ठ, ध्रुव श्रेष्ठ, सोनाम साङपो, डा. वसन्त ताम्राकार र नारायणबाटाजूलाई दोसल्ला ओढाएर सम्मान गरियो । यसैगरी, क्लबका २६ जना पूर्व अध्यक्षलाई पनि सम्मान गरियो ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले लायन्स अन्नपूर्णलाई सामाजिक कार्यमा सशक्त क्लबको रुपमा बताए । नेवा खल कास्कीका अध्यक्ष समाजसेवी अशोक पालिखेले ३८ वर्षदेखि निरन्तर संस्थालाई दिगो रुपमा राख्न सक्षम रहेको बताए । केही वर्षदेखि फिस्टेल हस्पिटल र अन्नपूर्ण लायन्ससँग मेघा हेल्थ क्याम्पको सहकार्य भइरहेको जानकारी पनि दिए ।

संस्थापक अध्यक्ष आजाद श्रेष्ठले पोखरामा तेस्रो क्लबको रूपमा स्थापना गरेको यो क्लब आजका दिनमा सबै अध्यक्षहरूको मेहनतले मजबुत बनेको बताए ।


गण्डकी एरिया चिफ सूर्यप्रसाद बरालले अन्नपूर्ण लायन्स क्लबको कार्यलाई अरू लायन्स क्लबहरुले सिको गर्नुपर्ने बताए । रिजन चियरपर्सन सबी शेरचनले यस वर्ष अन्नपूर्ण लायन्स क्लबले उत्कृष्ट कार्य गरेकाले डिष्ट्रिक्टबाट अवार्ड प्राप्त गरेको जानकारी दिइन् । लायन्स क्लबका पूर्व अध्यक्ष तथा पोखरा उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य दूधमान गुरुङले क्लबले सहरभन्दा बढी ग्रामीण क्षेत्रमा कार्यक्रम गरेर योगदान पुर्‍याएको बताए ।

Advertisement


सो अवसरमा प्रथम उपाध्यक्ष ओमप्रसाद सुवेदीले स्वागत मन्तव्य राखे । ध्वजाको अभिभावन द्वितीय उपाध्यक्ष दुर्गा जोजिजूले गरे । कार्यक्रमको सञ्चालन सचिव प्रकाश सुवेदी र सभापतित्व क्लबका अध्यक्ष गणेश छविले गरे ।

तपाईको प्रतिक्रिया