इक्यानको क्षमता अभिवृद्धि कार्यक्रम

समाधान संवाददाता २०८१ पुष २३ गते १६:४८

पोखरा ।
नेपाल शैक्षिक परामर्श संघ (इक्यान) कास्कीले सदस्यहरूको क्षमता अभिवृद्धि गराउने उद्देश्यले एक कार्यक्रम गरेको छ । अस्ट्रेलियाको चर्चिल इन्स्टिच्युट अफ हाइयर एजुकेसनको सहकार्यमा इक्यानले इम्पावरिङ एजुकेसन प्रोफेसनल कार्यक्रम सम्पन्न गरेको हो ।

Advertisement


कार्यक्रममा चर्चिल इन्स्टिच्युटका रिजनल मार्केटिङ डिरेक्टर विजय शर्माले कलेजको बारेमा जानकारी गराएका थिए । शर्माले वर्तमान समयमा अस्ट्रेलियामा विद्यार्थीको माग, कलेजले अन्तर्राष्ट्रिय विद्यार्थीलाई अध्ययन गराउने विषय र भर्ना प्रक्रियाको बारेमा जानकारी गराएका थिए । चर्चिल इन्स्टिच्युट अस्ट्रेलियाको सिड्नीमा रहेर ब्याचलर लेभलका विभिन्न मेजर विषयमा अध्यापन गराउने गरेको छ ।


कार्यक्रममा सहभागी इक्यान कास्कीका सदस्यलाई कलेजको प्रतिनिधिको रूपमा प्रमाणपत्र वितरण गरिएको थियो । प्रमाणपत्र प्राप्त संस्थाले कलेजको प्रतिनिधिको रूपमा काम गर्न सक्नेछन् ।


इक्यान कास्की अध्यक्ष ओमप्रकाश गैरेको अध्यक्षतामा भएको कार्यक्रममा इक्यान केन्द्रका उपाध्यक्ष तथा कास्की शाखाका सल्लाहकार भुवन क्षेत्री र पूर्वअध्यक्ष तथा सल्लाहकार मिलन तिवारीले मन्तव्य राखेका थिए । उपाध्यक्ष क्षेत्रीले अस्ट्रेलियाको भिसा नीतिको बारेमा जानकारी गराएका थिए । क्षेत्रीले शैक्षिक परामर्श सेवालाई मर्यादित बनाउन आग्रह गरे ।

इक्यान कास्कीका सचिव सुरेन्द्र बरालले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष सन्तोष शाहीले स्वागत मन्तव्य राखेका थिए । इक्यान शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीहरूको छाता संस्था हो । इक्यान कास्कीमा ५० परामर्श व्यवसायी सदस्य छन् । अधिकांस सदस्यले शिक्षा मन्त्रालयबाट मान्यता प्राप्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया