अर्जुनचौपारीको पालिका भवनमा हतियारसहित प्रवेश, पर्खालमा क्षति पुर्‍याएको भन्दै कारवाहीको माग

समाधान संवाददाता २०८१ पुष २३ गते १७:२४

स्याङ्जा । अर्जुनचौपारी गाउँपालिका भवनमा हतियारसहित प्रवेश गरी क्षति पुर्‍याउने २ जनालाई कारवाहीको माग गर्दै पालिकाले प्रमुख जिल्ला अधिकारीसँग गुहार मागेको छ ।

Advertisement

सोही पालिकाको वडा नं १ निवासी मेगबहादुर केसी र रेशम देवकोटाले हतियारसहित गाउँपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गरेर हानी पुर्‍याउने र अपशब्द प्रयोग गरेको प्रमुख प्रशासकीय अधिकृत कौशल पाण्डेले बताए ।

प्रमुख प्रशासकीय अधिकृत पाण्डेले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, स्याङ्जामा पत्र लेख्दै उक्त प्रकरणमा आवश्यक कारवाही प्रक्रिया अगाडि बढाइदिन अनुरोध गरेका छन्।

पत्रका अनुसार, मेग बहादुर के.सी. र रेशम देवकोटा शनिबार बिहान करिब ९ बजे हतियारसहित गाउँपालिकाको प्रशासकीय भवन परिसरमा प्रवेश गरेका थिए। त्यसपछि, उनीहरूले गाउँपालिकाको निर्माणाधीन पर्खालमा आंशिक क्षति पुर्‍याएका थिए ।

त्यस्तै, ती व्यक्तिहरूले गाउँपालिकाले संरक्षण गर्दै आएका बोटविरुवालाई काटेर नष्ट गरेको र कर्तव्य पालनाका क्रममा प्रमुख प्रशासकीय अधिकृत तथा अन्य कर्मचारीहरूलाई गालीगलोजसमेत गरेको आरोप पनि लगाइएको छ।

Advertisement


तपाईको प्रतिक्रिया